महिला दिवसको अवसरमा आत्मरक्षा तालिम


–आदर्श अनलाइन, बागलुङ
महिला हिंसा अन्त्यका लागि नारी सक्षम हुनुपर्ने भन्दै बागलुङमा छात्रा आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

लायन्स क्लव आफ बागलुङ सिटि तथा नेपाल गुजरियो कराते दो संघ सनराइज मावी शाखा डोजोको समन्वयमा छात्रा आत्मरक्षक तालिम अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सम्पन्न भएको छ ।



तालिममा बोल्दे प्रमुख अतिथि लायन्स क्लव आफ बागलुङ सिटिका चाटर्ड प्रेसिडेन्ट पार्वती अधिकारीले महिलाहरु शारिरिक हिसावले समेत सक्षम हुनुपर्ने भन्दे आत्मरक्षा तालिमले महिलाहरुलाई सहयो पु¥याउने बताउनुभयो । कार्यक्रममा डिस्ट्रिक एडभाइजर कविता बस्नेत, रिजन चियर पर्सन गोविन्द पौडेल, जोन चियर पर्सन अनुप रिजाल र नेपाल गुजरियो कराते दो संघ बागलुङका सल्लाहकार तथा सनराईज मावीका प्रिन्सिपल चन्द्र बहादुर क्षतीले शुभकामना मन्तव्य राख्नुभयो थियो ।

तालिममा बागलुङ र म्याग्दीका विभिन्न विद्यालयका गरी एक सय जना छात्रा विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रम लायन्स क्लव आफ बागलुङ सिटिका अध्यक्ष पुष्प कुमारी क्षेत्रीको अध्यक्षता, सेकेन्ड भिपि धना सुनारको स्वागत तथा सचिव लाल कुमारी बस्नेत र कोषध्यक्ष शर्मिाला थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा नेपाल गुजरियो कराते दो संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पुष्पा कुमारी क्षेत्र र कराँते प्रशिक्षक रुद्र रेग्मीले आत्मरक्षा तालिमका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *