बागलुङ र म्याग्दीमा मनाइयो श्रमिक महिला दिवस

आदर्श अनलाइन, बागलुङ

११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस बागलुङ र म्याग्दीमा पनि बिबिध कार्यक्रमका साथ मनाईएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवस मुल समारोह समिति बागलुङले र्याली तथा मुल समारोह गरी दिवस मनाएका हुन् ।

११२ औ श्रमिक महिला दिवसको कार्यक्रमको उद्घाटन ११२ वटा मैनबत्ती बालेर गरिएको थियो । उद्घाटन गर्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य मन कुमारी केसी जिसीले महिला हिंसा समाजको कलंक भएकोले सबैले साझा अभियानको रुपमा अन्त्य गर्नुपर्ने बताउनुभयो । महिला हकअधिकारको लागि बिभिन्न ऐन कानुनहरु बनेपनि कार्यान्वयनमा कठिनाई भएको भन्दै उहाँले, आगामी निर्वाचन लाई महिलाको पक्षमा पार्नुपर्नेमा जोड दिनुभयो ।



कतिपय स्थानमा महिला माथि पनि प्रश्न उठ्ने गरेका छन, जिसीले भन्नुभयो, आफु माथि हुने हिसाँको अन्त्यको लागि चिन्तन र शैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । महिला मुद्धामा सबै एकजुट हुनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद साबित्री रानाले बिभिन्न आन्दोलन बाट प्राप्त उपलब्धी लाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा महिला नेतृत्व स्थापित गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गाना, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा,बानपा –९ का वडा अध्यक्ष गणेस थापा, नेपाल महिला सघंका सचिव उषा पौडेल,अनेम सघं क्रान्तिकारीका केन्द्रिय सदस्य टिका कुमारी विश्वकर्मा,अखिल नेपाल प्रगतिशिल महिला सघंका अध्यक्ष मञ्जु क्षेत्री,एकिकृत समाजबादी महिला सघंका अध्यक्ष सिता थापा,अनेम सघं समाजबादीका अध्यक्ष निमा गुरुङ्ग, अनेम सघंका केन्द्रिय सदस्य रुद्रा केसी, जिल्ला सहकारी सघंका अध्यक्ष अञ्जु जिसी, नेपाल मानव अधिकार संगठनका अध्यक्ष लक्ष्मी जिसी कार्की, महिला हित सहकारी संस्थाका अध्यक्ष लिला खड्का र पत्रकार कोपिला कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सामी परियोजना प्रमुख मिन प्रसाद उपाध्यायले महिला र बैदेशिक रोजगार बारे कार्यपत्र प्रस्तुग गर्नुभएको थियो । त्यस्तै ज्येष्ठ नागरिक कमला आचार्य र हरीकला शर्माले महिला समर्थित गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बागलुङ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष लक्ष्मी बास्कोटाको अध्यक्षता, समाजिक बिकास कार्यालय प्रमुख डम्वर बहादुर जिसीको स्वागत मन्तव्य र अन्तरपार्टी महिला समितिका संयोजक कुशुम बुढाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *