राप्रपाले जिल्ला व्यापी कार्यक्रम संचालन गर्ने

आदर्श अनलाइन, बागलुङ
राष्टिय प्रजातन्त्र पार्टी बागलुङले स्थानीय चुनावलाई लक्षित गरी जिल्ला व्यापी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रिय सदस्य त्रय भिम प्रसाद गौचन, दिपक कुवंर र राम बहादुर शाहीको आतिथ्यतामा बसेको बैठकले पार्टीको संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

स्थानीय निर्वाचनलाई ध्यानमा राखेर आगामी चैत्र २२ गते बागलुङ बजारमा विशाल आम सभा समेत आयोजना गर्ने भएको छ । सो सभालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले जानकारी दिए ।

साथै पार्टीको समिति रहेका पालिकाहरु सबैमा प्रमुख, उपप्रमुख सहित वडा तहमा उम्मेदवारी दिने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *