कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

आदर्श अनलाइन, बागलुङ
पश्चिम बागलुङका नागरिकहरुलाई सहजताका लागि बुर्तिबाङमा स्थापना भएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नु परेको छ । अहिले कार्यालय एक जना सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा थपिनु भएको छ ।

कार्यालय प्रमुख दिल बहादुर केसी फाल्गुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन् कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । १३ जना कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई जना सुब्बा, ३ जना कार्यालय सहयोगी कम्युटर अपरेटर २ को भरमा कार्यालय संचालन गर्नु परेको नायब सुब्बा कासीराम खड्काले बताउनुभयो ।

उहाँले अहिले एक जना नायब सुब्बा आएपछि केही सहज भएको बताउनुभयो । उहाँले केही समय आफू एक्लै काम गर्दा प्रभावकारी सेवा प्रदान गर्न समस्या भएको बताउनुभयो । हाल कार्यरत हाल दुई जना कम्प्युटर अपरेटर कराका हुन् भने स्थायी कर्मचारी भने छैनन् । ३ जना कार्यालय सहयोगी मध्ये एक जना मात्रै स्थायी हुन् । कार्यालयमा एक जना अधिकृत, ३ जना खरदार, ३ नासु र एक जना लेखा अधिकृतको पद खाली रहेको उहाँको भनाई छ ।

मालपोत कार्यालयमा दैनिक २०/२५ जनासम्म सेवाग्राहीको आउने गर्छन् । गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर तीन चार दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताउनुभयो । उहाँले कर्मचारीहरु नहुँदा यो अवस्था सिर्जना भएको बताउनुहुन्छ ।

‘गाउँ–गाउँबाट सेवा ग्राहीहरु आउनुहुन्छ, यहाँ कर्मचारी पर्याप्त छैनन्, त्यसले गर्दा सेवाग्राहीले दुख पाउने अवस्था छ, हामीले चाहेर पनि छिटो र छरिटो सेवा दिन सक्ने अवस्था छैन, तै पनि हामीले सक्दो छिटो काम गरिदिने कोसिस भने गरि रहन्छौँ’ खड्काले भन्नुभयो ‘कर्मचारी पर्याप्त भएको भए यो समस्या आउने थिएन ।’ मालपोत कार्यालयमा आउने सेवाग्राहीले समयमै काम नहुँदा सास्ती खेप्नु परेको स्थानीय बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *