निसीखोलामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहिबार विहान निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलादेखि वडा नम्बर ३ को याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

ध २ प १९२१ नम्बरको मोटरसाइकल सडकदेखि करिब ३०० मिटर तल गहतेरा खोलामा खसेको छ । मोटरसाइकलसँगै खड्का पनि खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *