जीवन शाक्य
खाना र पानी भनेको शरिरको लागि उर्जा, प्राणशक्ति दिने, शरिर स्वस्थ राख्न सहयोग गर्न नभई नहुने खाद्य पदार्थ हो । जसरी यात्राकाा साधन गाडी जहाज, मोटर साईकल आदिलाई शुद्ध पेट्रोल डिजेल जरुरत हुन्छ धेरै समय टिक्न र खराव हुन नदिनका लागि त्यसतै खानपान पनि शरिर दीर्घायु वनाउन शुरक्षित खानपानको आवश्यकता हुन्छ नै । हामीले खाने खाना अशुरक्षित, विषजन्य, दुषित र आवश्यकता भन्दा धेरै भयो भने ढिलो चाँडो हामी विरामी भईहाल्छौ हाम्रो खाना पाचनयुक्त, वढी प्राकृतिक धेरै पानी भएको, धेरै पचाउने तत्व इन्जायम भएको आवश्यक खनिज पदार्थ र भिटामिन युक्त भएकाःे भरसक रुखमा पाकेको वा काँचो खान मिल्न खालको वा थोरै पकाएर उसिनेर खान मिल्ने र ठीक तापक्रमको हुनु आवश्यक छ । फलफुल, सुख्खा फलफुलहरु काजु, पिष्टा वदम, किसमिस, छोकडा, दाँते ओखर हरियो परियो काँचै वा केहि पकाएर खान मिल्ने सलाडका आईटम सागहरु व्रोकाउली भिण्डी या २ दिन भिजाएर टुसा उमारिएको गेडागुडीहरु हरियो मकै यसता सहयोगी स्वस्थ शुरक्षित खानामा पर्छन । यसता खाजा खाना फलफुल आदिलाई भिजाएर लेडो वनाएर छानेर,जुस वनाएर वढि तातो र चिसो नभई ठीक तापक्रममा, पानीमा केहि घण्टा भिजाएर, राखेर वा तातोपानीले पछि धोएर खानु, वालवालिकाहरुलाई खुवाउनु धेरै स्वस्थकर हुन्छ ।
स्वादको लागि मिठो, चिल्लो चाप्लो वढी, मासुजन्य र सुख्खा गेडागुडी रक्सी चिसो पेय पदार्थ खान्छौ, अनावश्यक धेरै खान्छौ, घरिघरि तताएर, पाकेको पकाएको धेरै समय पछि खाने, वढी नुनजन्य, खराव चिल्लो तत्वको मात्रा भएको, दिमाग र शरिरको हमोर्नमा गडवडी ल्याउने वटटे पोके र शिशीका पेय पदार्थहरु खान्छौ भने आवश्यक भिटामिन वा खनिज पदार्थ कमी हुन्छ । अनावश्यक वढी मासुजन्य पदार्थ, सुख्खा गेडागुडी खादा मृगौलामा वढी भार पर्छ र चिल्लो पदार्थ भएको खानु अस्वस्थकर वा विरामी हुने खाना हो । आउनुस ढिलो विषजन्य सेता खानाहरुको वारेमा केहि जानो वुझौ ।
१) सेता, बाेसोजन्य वा चिल्ला पदार्थहरुः
हामीलाई सेता, वोसोजन्य वा चिल्ला पदार्थहरुः घ्यु तेल शक्तिको लागि र शरिरको आवश्यक भिटामिन र खनिज तत्वहरु ्रआन्द्र्राबाट शोसन गर्न ठीक मात्रामा आवश्यक पर्छ । कारखानामा प्रशोधित तेलमा वढी रक्तनलि सागुरो पार्ने चिल्लो ट्रान्सफ्याट हुन्छ, डालडा घयुमा फुराईएको पुरी, जेरी, खजुरी, वालसाई, समोसा र डुनत, विस्कृट, कुकिज, चाउचाउ दालमोठ, चिजवल, कुरकुरे चिप्स, मममा यसतो तेल घयुको मात्रा वढी हुन्छ । अझ जनावरजन्य वोसो भएको मासु पनि वढी खाईरहेका छौ जस्ले मुटु र अन्य रक्त नलिमा वोसोको रुपमा जमेर सागुरो भएपछि ठीक संग खुम्चने, फुक्ने काम मुटुले गर्न नसकेर हर्ट एट्याक भई असामयिक धेरै मृत्युहरु, उच्च रक्तचाप, चिनी रोग, क्यान्सर पत्थर पर्ने आदि नसर्ने रोगहरु निम्त्याएका छौ । तर कुखुराको कलेजो मुटु, र पांग्राहरुमा पनि चिल्लो पदार्थ वढी हुन्छ, पाईन्छ । फ्राई गरेको, चिल्लो भएको खाना घरिघरी पकाएर खादा झन वढी खराव र दुषित चिल्लो पदार्थमा परिणत हुन्छ र इन्सुलिन लिनु पर्ने खालको सुगर रोग हुन्छ ।
२) नुन जुन हामी खाईरहेका छौं अधिकतम ५ ग्राम, सामान्य ३ ग्राम भए पनि पुग्छ तर विहानै वेलुकी दिउसो नुनिलो नाष्टा, खाजा दाल, तरकारी गेडागुडी, माछा मासु तयारी वटट्े पोके खाजाहरु खादा उच्च रक्तचाप, ग्यासटाईटिस, फोक्सो श्वास प्रश्वास रोग, पाचनशक्ति गडवड पखाला, पक्षाघात र क्यान्सर पनि हामीेले वेहोरी रहेका छौं ।
३) चीनी वा पोलिस गरिएको चामल
प्रशोधित चिनी वढी खादाँ सुगर रोग निम्त्याउने मात्र होइन, यसले पनि शरिरको विभिन्न भागमा क्यान्सर वनाउन सहयोग गर्छ । साथै बढी सेवनले पेट पोल्ने ग्यास्ट्राईटिस, अम्लियपन बढाउन, र टाउको दुख्ने रोग पनि बनाउँछ । मीलमा उच्च टापक्रममा कुटेर वाहिरी सतहको पर्हेलो पोषिलो पदार्थ फालिएको सेतो चामल शक्ति दिने पदार्थ मात्र हो । यसमा भिटामिन, मिनरल सबै जाने हुनाले यसको उपभोगले शरिरमा पोषण तत्वहरु र खनिज पदार्थको पनि कमी हुन्छ त्यसैले विकल्पको रुपमा पहेलो चामल वा व्राँउन राईस, वरु कोदो, गहुँ, फापर जौ मकै आदिमा भरपर्नु राम्रो हुन्छ फेरेर खानु स्वास्थ्यको लागि फायदाजनक हुन्छ । तर अन्न जन्य खानामा भएको स्टार्च वढी मात्रामा खाने साना दाँत नआएका २ वर्ष मुनिका शिशुहरुलाई र पकाएको घरिघरि तताएर खादा पछि फोक्सोमा खकार वढी निस्किने भएर रुघा खोकी लाग्दा लामो समय सम्म र श्वास प्रश्वासको विरामी वनाउन सक्छ ।
४) अजिनो मोथो वा टेस्टमेकर
खाना स्वादिलो वनाउन, दाल, तरकारी, अचार, मम, चाउमीन, चिजवल, कुरकुरे, चिपसहरु सुपहरुमा प्राय प्रयोग गरिने यो खानाले स्मरण शक्ति कम गराउने, विर्सने रोग वनाउने, भोक वढी लाग्ने भई मोटोपन वढाउने, दिमागको क्यान्सर, हड्रडी गल्ने, जोर्नी दुख्ने थाईराइड, पथ्थर पर्ने समस्या पनि ल्याईरहेको छ । यो राखिएको खाना खानाले तौल कमगर्न वा मोटोपन घटाउन कठिन हुन्छ । चाउचाउको सुपमा पनि यसको प्रयोग भएको हुन्छ ।
५) मैदा
गहुँ वा एकथरि तत्व ग्लुटेन पदाथ धेरैलाई नपच्ने पनि हुन सक्छ । यसमा र चामलमा भएको शक्ति दिने पदार्थ स्टार्चहरु पेटमा अन्य ठाउमा गईसके पछि फोक्सोमा वढी खकार उत्पादन गर्ने खालको भएर श्वास प्रश्वासमा समस्या निम्त्याउने समस्या पैदा गराउने खालको हुन्छ, शिशु वालवालिकाहरुलाई रुघा खोकी लाग्दा निमोनिया हुने समस्या वढाउछ भनि भारतका एकजना भेटेरान चिकित्सक वताउनु हुन्छ । मैदामा पोषिलो भिटामिन र खनिज पदार्थको कमी पाईएको छ, यसमा रेसादार पदार्थ कमी भएर आन्द्रामा टाँसिने, आन्द्रा सफा नभएर विभिन्न हानिकारक जिवाणुहरुको वृद्धि विकास हुने, ग्यास वन्ने र आन्द्राको रोग प्रतिरोध शक्ति कम भई क्यान्सर, अम्लियपन ग्यास्ट्राईटिस समस्या पनि वनाउँछ ।
पास्टुराईज्ड गाई भैसीको दुध
दुधमा भएको जिवाणु मार्न उच्च टापक्रममा केही समय सम्म पकाईएको गाई भैसीको दुधमा आवश्यक धेरै मात्रामा तौल वढने गरि वढी हर्मोन ग्रन्थी हुन्छ, वढी चिल्लो र प्रोटिन वढी हुन्छ जस्लाई पचाउन शिशुलाई धेरै कठिन भएर पाचन शक्ति कमजोर भई राती धेरै विउझिने रुने हुने सम्भावना वढी हुन्छ केहि दिन नहोला महिना २ महिनामा यस्तो समस्या खोकी श्वास प्रश्वास समस्या पनि निम्त्याउन सक्छ । धेरै उम्लिने गरि तताउदा र घरिघरि उमाल्दा भिटामिन ए क्याल्सियम पनि नष्ट हुने चिल्लो पदार्थ विषजन्य भै पचाउन कठिन हुने खालको हुन्छ, अन्य भिटामिन, खनिज पदार्थ नष्ट हुन्छ । दुध जमाएर या अन्य केहि गुलियो राखेर चिसोमा जमाएको वरफ मुख घाटी र छातिको लागि हानीकारक हुन्छ, यसले तत्कालै समस्या ल्याउन पनि सक्छ ।
पानीः सबभन्दा पहिले विहान उठने वित्तिकै पिउदा पाचन र पेटको लागि धेरै फायदाजनक हुन्छ, दिसा खलास वनाउन सहयोग गर्छ । त्यसपछि खाना खाजा खाएको एक डेढ घण्टा पछि उमालेर चिसो भएको वा मनतातो अवस्थामा खादा खाना पचाउन, दुषित पदार्थ फाल्न शरिरले सन्तुलित ढंगले काम गर्न सहयोग गर्छ । पानी एकै पटक घटघट खाने होइन, चुस्की लिएर विस्तारै पिउने हो । खाना खाईरहेको वेलामा, विचैमा र खाएको लगत्तै चिसो पानी खानु पच्न लागेको अवस्थामा आगोमा चिसो पानी खन्याउनु जस्तै हो । एक दुइ दिन महिना केहि नहोला वलियो पाचन शक्ति भएकाहरुलाई पछि पाचनमा गडवडी ल्याउने हुन्छ ।
भवतु सब्ब मंगलम ।