हिमपातका कारण किसानका ७० टनेलमा क्षती

आदर्श अनलाइन, बागलुङ

गत माघ २१ गतेको भारी हिमपातका कारण बागलुङका किसानहरुको ७० टनेलमा क्षति पु¥याएको छ । हिमपातका कारण किसानहरुको प्लाष्टिक टनेलमा क्षति पु¥याएको गुनासो पछि कृषि ज्ञान केन्द्र बागलुङले संकलन गरेको तथ्याङ्क अनुसार बागलुङको उच्च पहाडी क्षेत्रका किसानहरुले आधुनिक तरकारी खेतिका लागि निर्माण गरेका ७० टर्नेलमा क्षति पु¥याउदा रु. १५ लाख ४० हजार नोक्सानी भएको छ ।

कृषि ज्ञान केन्द्रका बागलुङले हिमपात पछि संकलन गरेको तथ्याङ्कका अनुसार जिल्लाका विभिन्न स्थानमा गरी ७० टनेलमा क्षति पु¥याएको भएपनि अन्य खेतीलाई भने हिमपातले राम्रो गरेको जनाएको छ ।

बाक्लो हिमपात थेग्न नसकेर किसानहरुले स्थापना गरेको प्लाष्टिक टनेल खेतीमा क्षति पु¥याएको र टनेल मर्मतका लागि राहत दिनका लागि पहल भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो । “सानो हिमपातले त किसानलाई फाइदै पु¥याउछ, गहुँ जौको उतपादनमा बृद्धि गराउछ तर यस पटक बागलुङको उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ” ढकालले भन्नुभयो “हिमपातले अन्य बालीलाई राम्रो गरेपनि प्लाष्टिक टनेलमा क्षती पु¥याएको छ, टर्नेल मर्मतका लागि प्लाष्टिक दिने योजनामा छौं, टर्नेल संगै टनेल भित्रका टमाटर लगायतका तरकारीमा समेत क्षति भएको छ ।”

कृषि ज्ञान केन्द्रले संकलन गरेको तथ्याङ्क अनुसार एउटा टनेलमा झण्डै २२ हजार बराबरको क्षति अनुमान गरेको छ । हिमपातका कारण सबै भन्दा बढी टर्नेलमा क्षति ढोरपाटन नगरपालिकामा भएको छ । जिल्लाको ढोरपाटन नगरपालिकामा ४५ टर्नेल, ताराखोला गाउँपालिकामा ५ टर्नेल, तमानखोला गाउँपालिकामा ५ टर्नेल, काठेखोला गाउँपालिकामा ५ टर्नेल र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्र्तगत जिल्ला भरका १० टर्नेल गरी ७० प्लाष्टिक टनेलमा क्षति पु¥याएको हो ।

डायमण्ड कृषि फार्मका सञ्चालक तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामणी छन्त्यालले आफ्नो फर्ममा रहेका दुई हाइटेक प्लाष्टिक टनेलमा क्षति पु¥याएको जानकारी दिनुभयो ।
अधिकांश क्षेत्रमा टनेलको प्लाष्टिक च्यातिएको र बीचको डण्डी हिमपातका कारण भाँचिएको छ । कृषि ज्ञान केन्द्रले तत्कालै राहत दिन नसकेपनि अनुदानमा प्लाष्टिक दिने योजना रहेको जनाएको छ ।

नपसाएको गहुँ, जौं र आलु खेतीमा हिमपातले राम्रो गरेका कारण उत्पादन बढ्ने संभावना रहेको ज्ञान केन्द्रले जनाएको छ । उत्पादन टर्नेल बाहेकका अन्यको भने उत्पादन बढाउन हिमपातले सहज बनाएको छ । हिमपातका कारण उच्च पहाडी भागका जग्गामा राम्रो सिंचाई पुगेको छ । ज्ञान केन्द्रले वर्षाका कारण पानीले क्षति पु¥याएको धानबालीका कृषकलाई राहत दिन समेत अहिले समस्या भएको जानकारी दिएको छ ।

२०७८ असोज ३१ पछिको वर्षाले गलकोटमा ५६० हेक्टरमा जग्गाको धानमा आंशिक क्षती भएको थियो भने जिल्लाभर रु.एक करोड ४८ लाख बराबरको धानबालीमा नोक्सान भएको अवस्था भएपनि कार्यविधिको असहजताका कारण किसानलाई राहत दिन समस्या भएको ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

“तत्कालै अनुगमनमा समस्या भयो, पानी बसेपछि किसानले धान उठाए, तर कार्यवििधमा वडा र पालिकाको सिफारिस तथा अनुगमन गरेको खुल्न आवश्यक छ” ज्ञान केन्द्रका प्रमुख ढकालले भन्नुभयो “लालपूर्जा, खेतीको विवरण तथा सिफारिस लगायतका झन्झटिलो प्रकृयाले किसानहरु राहत लिन नआएको पाइएको छ, कार्यविधि बाहिर गएर राहत दिन हामीलाई समस्या छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *