‘व्यवस्थित गरेर सेवा दिउँभन्दा आन्दोलन गर्छन्’

डम्मर बुढा मगर, बागलुङ
इलाका प्रशासन कार्यालय बुर्तिबाङले लामो समयदेखि पश्चिम बागलुङका नागरिकलाई लक्षित गरि सेवा प्रवाह गर्दै आएको छ । प्रशासनको अहिलेसम्म आफ्नै भवन छैन । आफ्नै भवन नहुँदा स्थानीयको घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएको छ । लामो समयदेखि ढोरपाटन नगरपालिका वडा नम्बर १ संगमचोक स्थित चमेली बोहराको घरबाट सेवा दिँदै आएको प्रशासनले थप व्यवस्थित रुपमा सेवा प्रवाह गर्ने गरि पुरानो गाविस भवन नजिकै सरेको छ ।

संगमचोबाट केही तलपट्टी सर्न थालेपछि स्थानीयले प्रशासनमा तालाबन्दी गरेका थिए । तर विरोधका बिच पनि प्रशासन गाविस भवन नजिकै स्थानीय शान्ती छन्त्यालको घरमा सरेरै छोड्यो । प्रशासनले अन्त्यै सर्ने भनपछि गत माघ ७ गते बसेको सर्वदलीय बैठले पहिलेकै स्थानबाट सेवा प्रवाह गर्दा नागरिकले सहज रुपमा सेवा लिन सक्ने, अपाङ्गमैत्री भएकको र भाडा पनि कम भएको भन्दै नसार्न आग्रह गरेको थियो । फाल्गुन ११ गते पनि स्थानीय, राजनीतिक दल लगायत २०० जना बढिको हस्ताक्षरसहित कार्यालय नसार्न ध्यानाकर्षण पत्र प्रशासन कार्यालय प्रमुख लोक बहादुर कुवँरलाई कार्यालयमा दिएका थिए ।

तर कार्यालय सार्नका लागि शान्ती छन्त्यालको घरमा बस्ने भाडावालालाई निकालेर रङरोघन गरेको हुँदा विरोधका बीच पनि कार्यालय सारेको बुझिएको छ । प्रशासनले कार्यालय सार्नका लागि गत कात्तिक २८ गते पहिलो पटक १५ दिने र मंसिर २१ गते दोश्रो पटक ७ दिने सुचना निकालेर घरभाडा लिने सुचना प्रकाशित गरेको थियो । प्रशासन कार्यालयले हाल बस्दै आएको घरमा कार्यालय सञ्चालनका लागि कोठा कम भएको र सेवा प्रवाहमा समस्या भएपछि कार्यालय सार्न खोजिएको इलाका प्रशासन कार्यालय प्रमुख लोकबहादुर कुँवरले बताउनुभयो ।

कुँवरले केही महिना अगाडी तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार काकीले कार्यालय अन्तै सारेर व्यवस्थित रुपमा संचालनका लागि निर्देशन दिएको हुँदा कार्यालय सारिएको बताउनुभयो । ‘केही महिना अगाडी प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले यो कार्यालय भएन, अन्तै सारेर अलि व्यवस्थित रुपमा संचालन गर्न भनि राख्नु भएको थियो, दुई पटक घर भाडाका लागि सूचना आह्वान ग¥यौँ, दोस्रो पटक त्यही नजिकै घर पायौँ,’ प्रमुख कुँवरले भन्नुभयो ‘घर पाएपछि त्यहाँ रंगरोघन ग¥यौँ र सर्ने तयारी गरेको बेला स्थानीयहरुले अन्दोलन गर्न खोजे ।’

उहाँले सबै प्रक्रिया पूरा गरेर कार्यालय सरेको बताउनुहुन्छ । चमेली बोहराको घरमा मासिक २२ हजारमा कार्यालय भाडा तिर्दै आएकोमा अब शान्ती छन्त्यालको घरमा ३३ हजार रुपैयाँ तिर्ने बताउनुभयो । उहाँले थप व्यवस्थित गरे कार्यालय व्यवस्थापन गर्दा भाडा बढी तिर्नु परेको बताउनुहुन्छ ।

प्रमुख कुँवरले गृह मन्त्रालयले घडेरी भए भवन बनाइ दिने भने पनि बुर्तिबाङमा घडेरी नपाइएको बताउनुहुन्छ । आफ्नो भवन नहुँदा समय–समयमा समस्या पर्दै आएको बताउनुहुन्छ । ‘गृह मन्त्रालयले घडेरीको व्यवस्थापन गर्न भन्छ तर यहाँ घडेरी पाउन मुस्किल छ,’ प्रमुख कुँवरले भन्नुभयो ‘आफ्नो भवन नहुँदा निकै समस्या आइ परेको छ, अलि व्यवस्थित गरेर बसौँ, सेवा दिउँभन्दा आन्दोलन गर्न छन् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *