कृषि ज्ञान केन्द्रको प्राबिधिकसँग समन्वय बैठक

आदर्श अनलाइन, बागलुङ
कृषि ज्ञान केन्द्रको आयोजनामा स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकसँग समन्वय बैठक तथा तालिम सम्पन्न भएको छ ।

तालिममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले प्राबिधिकहरुले कृषिकको समस्यालाई ध्यान दिएर समाधान गर्नु तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले ग्रामीण क्षेत्रका कृषिकहरुले पालिकाबाटै सहज रुपमा कृषि प्राबिधिक ज्ञान पाउनु पर्ने भन्दै यसमा प्राबिधिकहरु गम्भीर भएर लाग्नु पर्ने बताउनुभयो ।

पौडेलले कृषकका समस्यालाई नजिकको सरकारले नै समाधान गर्न तर्फ लाग्नु पर्ने भन्दै यसमा प्रबिधिकहरुको महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रममा कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले कार्यालयको कार्ययोजना तथा गत वर्षमा आफूहरुले गरेको कामकोल बारेमा प्रस्ट्याउनु भएको थियो ।

सो अवसरमा कार्यालयका बागबानी अधिकृत कुमार पुनले औसा किराको प्रकोप र यसकाबाट फलफूलहरुको संरक्षण गर्ने विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विभिन्न पालिकाका कृषि शाखा प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो पालिकाको कार्ययोजना र बजेटको वियषमा जानकारी गराएका थिए ।

कार्यक्रम कार्यालय प्रमुख भानुझक्त ढकालको अध्यक्षता र कर्मचारी प्रदिसा अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *