दिवंगत सांसद घर्तीको सपनानै मेरो सपना होः नवनिर्वाचित सांसद शाही

मंसिर १४ मा संघ, प्रदेश तथा स्थानीय तहका रिक्त पदमा उपचुनाव सम्पन्न भएको छ । उपनिर्वाचनबाट बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ख बाट संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीत शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गर्दा शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । बिजयी भए पछिका योजना, सपना र भुमिकाका बिषयमा आदर्श संवादका लागि आदर्श अनलाईनकर्मी सुवास गौतमले गरेको कुराकानीको सम्पादीत अंशः

उपनिर्वाचनमा बिजयी हुनु भो । यो सामान्य हो, थियो की कठिन उपलब्धि ?
जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशी पनि, जिम्मेवार पनि महुशुस भएको छ । सर्वप्रथम मतदातालाई धन्यवाद दिन चाहान्छु । यो मैले उम्मेदवार बन्दा कठिन भए पनि यसपटक सम्भव हुन्छ भन्नेमा बिश्वस्त थिए । र सम्भव र सफल पनि भएको छु । जनताको अमुल्य मतका कारण आज सांसद भएर गण्डकी प्रदेश सभामा छिर्ने अवसर प्राप्त भएको छ । अर्को तर्फ भावुक पनि भएको छु की सहयात्री सांसद गुमाउनुपरेको पीडाका बीच मेरो आगमन हो । यसर्थ खुशी र भावुक दुवै भइरहेको छु ।

निर्वाचनका बेला जनताको घर दैलोमा जादाँको अनुभूति कस्तो रह्यो ?
निश्चय पनि म लामो राजनैतिक यात्राबाट यहाँ सम्म आएको हुँ। गत स्थानीय तहको निर्वाचनमा पनि निसीखोलाका जनताको घर घरमा गएकै थिए । म निरन्तर जनता संगै छु । जनताका आशा, भरोसा र अपेक्षा धेरै छन् । महत्वकांक्षी योजनाहरु पनि नभएका होईनन् । तर, विकट गाउँ भएका कारण धेरैको माग आधारभूत आवश्यकता नै हो । जस्तो शिक्षा, यातायात, खानेपानी तथा स्वास्थ्य ।

निसीमा दुर्गम बस्ती, ढोरपाटन तथा तमानका विकट वस्तीमा अझै आधारभूत आवश्यकता पुरा भएको छैन । उनीहरुको माग पनि आधारभूत आवश्यकता पुरा गरिदिओस् भन्ने हो । निर्वाचित भइसकेको अवस्थामा मैले आधारभूत आवश्यकता पूरा गर्नका लागि सक्दो प्रयास गर्नेछु । मलाई विश्वास छ, तीन तहको सरकार संगको समन्वयमा पश्चिम बागलुङले विकासको गति लिनेछ ।

तपाई निर्वाचित भएको क्षेत्रका तपाईका सहकर्मी सांसद टेकबहादुर घर्तीका प्रतिवद्धता, सपनाहरु थिए होलान् । अब के कसरी पुरा गर्नुहुन्छ ?
हो, उहाँले निर्वाचनमा जनाएका प्रतिवद्धता नै मेरो पहिलो प्राथमिकता हो । उहाँको सपना साकार पार्नु नै मेरो र जनताको सपना साकार पार्नु हो । उहाँले जनाएका प्रतिवद्धताहरु केही कार्यान्वयनको चरणमा समेत छन् भने केहीको मैले कार्यान्वयन गर्नेछु । शुरुमा प्रदेश सांसदमा विजयी हुँदा साथ काम गर्न सक्ने अवस्था थिएन, कानून थिएन, अहिले सहज भईसकेको छ । टेकबहादु घर्तीको पहलमा भएको निसीखोला ढोरपाटन जाने सडकको काम भइरहेको छ । डोगाडी देखि ढोरपाटनको छेन्तुङमा ४७ लाख बजेट विनियोजन भएको छ । यस्तै, योजना साकार पार्नका लागि म पनि लागि पर्नेछु । उहाँले थालेका केही अधुरा काम र मैले केही नयाँ काम पुरा गरी आफ्नो कार्याकाल सम्म विकासमा जनताले अनुभुति समेत गराउन प्रयासरत रहनेछु ।

तपाईले प्रतिनिधित्व गर्ने दलले संघीयताको विरोध गरेको छ । तपाई चाही संघीयता कार्यान्वयन गर्ने स्थानमा पुग्नुभयो नि ?
हो, हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको संघीयता विरोधी धारणा नै छ । तर, म निर्वाचित जनप्रतिनिधि भएका हिसावले जनताको काम गर्नका लागि पहल गर्नेछु । मैले चुनावका बेला वाम गठबन्धनको संयुक्त नारा लगेर गाउँ गएको छु । मैले जनताको कुरा संसदमा पु¥याउने र जनताको सेवा गर्न पार्टीले छेक्दैन । पार्टीको प्रतिनिधि हुँदा पार्टीकै धारणा हुन्छ । अहिले जनताको प्रतिनिधि भए जनताको सेवामा लाग्छु ।

खासमा तपाई आँफ्नो चुनावी प्रतिवद्धताहरु के के हुन् त ?
खासमा संविधानको प्रस्तावनामा उल्लेख भएको समाजवाद उन्मुख राज्य स्थापनाका लागि मुख्य जोड दिनुका साथै यो प्रदेशको आर्थिक समृद्धि र पूर्वधार विकासमा नीतिगत निर्णय गर्ने र व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागि पर्ने भन्दै जनताको घर दैलोमा गए । जनताले पत्याए । अव काममा लाग्छु । मैले निर्वाचनमा रखोका नितिगत, आर्थिक, स्थानीय र भौतिक पूर्वाधार शिर्षकमा प्रतिवद्धता जनाएको छु । जस्तो नितीगत प्रतिवद्धतामा गणतन्त्र र धर्म निरपेक्षता जस्ता संविधानका सकरात्मक उपलब्धीको रक्षा गर्ने, आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गर्ने, राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्ने, जनतन्त्र, जनजिविका र जनअधिकारको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्ने, जनतालाई सुशासनको ग्यारेण्टी गरी भ्रष्टाचार विरुद्ध जनअभियान सञ्चालन गर्ने, केन्द्रिकृत विकास नीतिको भण्डाफोर गर्दै विकेन्द्रीयता र सन्तुलित विकास नीति लागु गरी बेग्ला बेग्लै क्षेत्रको विशिष्टताका आधारमा ग्रामिण विकासको योजना बनाउने, पछाडी पारिएको समुदाय, वर्ग र जातजातिको अधिकार, भाषा, संस्कृतिको संरक्षण र विकास गर्दै क्षेत्रीय, जातीय वा राष्ट्रिय एकतालाई मजवुद पार्ने, ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण र संवद्धन गर्न पहल गर्नेछु ।

त्यस मध्ये केही अन्य प्रतिबद्धता समेत छन् । कृषि र कृषिजन्य उद्योगको विकास गरी किसानको आय श्रोत बृद्धिमा मद्दत पु¥याउन विउँ, गोठ सुधार, उन्नत पशु तथा पंक्षी, मत्स्य र मौरीपालनका लागि अनुदानको व्यवस्था गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित पार्न एकीकृत बस्ती विकास, खेतियोग्य जमिनको संरक्षण, वनजङ्गल र खानी क्षेत्रको विकास र संरक्षण गर्न रणनीतिक योजना तय गर्ने, सरकारले दिर्दै आएको जेष्ठ नागरिक, असमान क्षमता भएका व्यक्ति, अनाथ, असाह्य र बालवालिकाको भत्तामा थप गरी उनीहरुको दैनिक आवश्यकता सहज ढंगबाट पूरा गर्न सक्ने गरी उपलब्ध गराउने, युवाको बढ्दो विदेश पलायनलाई रोक्न युवा उद्यमशील घुम्ती कोषको व्यवस्था गरी घरेलु तथा साना उद्योग, कृषि फम, पशुपालन तथा सीपमूलक र उत्पादनशील कार्यमा लाग्न प्रेरित गर्ने, पर्यटनलाई उद्योगको रुपमा विकास गरी ग्रामिण क्षेत्रमा पैदलमार्ग र होम स्टे स्थापना, जलयात्रा, रक गार्डेन तथा प्याराग्यलाईडिङ सञ्चालन गर्न सकिने सम्भावित क्षेत्रको अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा बृद्धि ल्याउने, गरिव घरपरिवारको पहिचान गरी सामाजिक सुरक्षा भत्ताका साथै सुपथ मुल्यका पसल र सहकारी स्थापना गरी आर्थिक विकासमा सहयोग पु¥याउने भन्ने छ । कति सकिन्छ प्रयास गर्नेछु ।

कुन–कुन योजनालाई प्राथमिकता दिने सोचमा हुनुहुन्छ ?
चालु मोटरबाटोलाई स्तरोन्नति र विस्तार गर्नु साथै नयाँ सडक निर्माण गर्ने, खानेपानी, सिञ्चाई, तटबन्ध र भवन आवश्यकता अनुसार क्रमागत निर्माण गर्दै जाने र निर्माण भएका योजनाको पूर्ननिर्माण गरी आधुनिकिकरण गर्ने, सबै नागरिकको पहुँचमा निशुल्क आधुनिक शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने प्राकृतिक स्रोत साधनको समुचित उपयोग गर्न स्थानीय लगानी र जनसहभागीतामा साना जलविद्युत निर्माण, बन्द रहेका खानीको पूनःसञ्चालन र जडिवुटी खेती तथा प्रशोधन केन्द्र स्थापना गरी स्थानीय तहमै रोजगारीको पहल गर्नेछु । मैले ढोरपाटनमा रहेको बन्द विमानस्थल देखि मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्ने, उत्तरगंगा जलविद्युतलाई निर्माणको चरणमा लाने योजना बनाएको छु । ढोरपाटनमा पर्यटकीय हब बनाउने कुरा त छँदैछ ।

प्रतिबद्धतामै सिमित हुने हुन् की तपाईका योजनाहरु ?
हैन,सबै गर्न त नसकिएला तर केही कामले साकार लिनेछन् । खानेपानी, पर्यटन, यातयात तथा विद्युतका काम पहिलो चरणमा गर्ने योजनामा छु । हेर्दै जाम, प्रयास गर्दै जादाँ सकिएला । प्रदेश सरकार मात्र छैन, केन्द्र र स्थानीय सरकारसंग पनि योजना र बजेट छन् सबैसंग सहकार्य गरेमा असम्भव नहोला ।

स्थानीय तथा संघीय सरकार प्रदेशको समन्वय बढाउन के गर्नु हुन्छ ?
तीन तहको सरकार वीचको दुरी बढेको जस्तो लाग्दैन । समन्वयमा केही समस्या छ, आगामी दिनमा तीन तहको सरकारसँग समन्वय गरेर जनताको जिवनस्तर उठाउनका लागि काम गर्नेछु । जनताले दिएको अभिमतको कदर गर्नेछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *