नेपाल बुद्धिजीवी परिषद बागलुुङको अध्यक्षमा प्रकाश शर्मा

आदर्श अनलाइन, बागलुङ
नेपाल बुद्धिजीवी परिषद बागलुुङको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नेपालका वामपन्थी बुद्धिजीवीहरुको साझा संस्थाका रुपमा २०४७ सालमा स्थापित भइ विभिन्न जिल्लामा विभिन्न समयमा गठन गरी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई मार्गदर्श सिद्धान्त मान्ने यस परिषदको बागलुुङमा पनि गठन गरिएको थियो ।

जिल्ला अध्यक्ष डा. सुदर्शन सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई भरर्चुअल माध्यमबाट परिषदका केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै देशमा सृजित बौद्धिक पलायनलाई रोकेर देशको समग्र विकासमा बुद्धिजीवीहरुको ज्ञान, सीपलाई प्रयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा ने.क.पा (एमाले) केन्द्रीय उप महासचिव प्रदिप ज्ञवालीले बौद्धिक जगतलाई अझ प्रभावकारी रुपमा देश र पार्टीको विकासमा लाग्न आग्रह गर्नु भएको थियो । ज्ञवालीले बुद्धिजीवी परिषद पार्टीको थिङट्याक भएकाले यसले पार्टीका बौद्धिक क्रियाकलाप सक्रियता बढाएर जनतासामु वर्तमान राजनैतिक अवस्थालाई उजागर पार्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सांसद डा.सूर्य पाठकले विश्व राजनीतिमा सफल राजनेताहरुको पछाडी मुख्यतः बौद्धिकवर्गको नै प्रमुख भूमिका रहेका विचार व्यक्त गर्दै बौद्धिक वर्गले पार्टी वा राजनैतिककर्मीले गर्ने प्रत्येक कामको वस्तुस्तुगत विश्लेषण गरेर सत्यमार्ग देखाइ दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा शुभकामन मन्तव्य राख्दै ने.क.पा.(एमाले) केन्द्रीय सदस्य तथा विदेश विभाग उप प्रमुख कृष्ण के.सी.ले यस परिषदलाई अझ सशक्त बनाएर अगाडी बढन आग्रह गर्नु भएको थियो । कार्यक्रममा ने.क.पा.(एमाले) कन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज क. गोविन्द नेपालीले यस परिषदलाई जिल्लाका सबै स्थानीय निकायसम्म पुराएर जिल्लाका सबै क्षेत्र र वर्गको सहभागितमा परिषदलाई सबल बनाउन आग्रह गर्नु भएको थियो ।

अधिवेशन जिल्ला अध्यक्ष डा. सिलवालको अध्यक्षता, उपाध्यक्ष गंगादेवी शर्माको स्वागत मन्तव्य र सचिव प्रकाश शर्माको सञ्चालमा सम्पन्न भएको थियो ।

नयाँ कार्यसमिति गठनका लागि गठिन अध्यक्ष मण्डल ( ने.क.पा (एमाले) जिल्ला कमिटि सदस्य तथा बुद्धिजीवी इन्चार्ज क. बालकृष्ण शर्मा, जिल्ला अध्यक्ष डा. सुदर्शन सिलवाल र पूर्व अध्यक्ष तथा ध.ब. क्या का क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याल) ले सर्वसम्मत रुपमा शर्माको अध्यक्षतामा जिल्ला कार्यसमितिको घोषणा गर्नु भएको थियो ।

परिषदको उपाध्यक्षमा विजयराज पन्त, सचिवमा कुलप्रसाद अधिकारी, सह सचिवमा हरिप्रसाद पाण्डेय र कोषाधयक्षमा शान्ती ज्ञवाली चयन हुनुभएकोम छ । यस्तै गरी सदस्यहरुमा श्यामप्रसाद शर्मा, गणेशप्रसाद शर्मा, कल्पना रेग्मी, लक्ष्मी बोहोरा, ज्ञानेन्द्रप्रसाद शर्मा रहनु भएको छ । बागलुुङ जिल्लाका सबै स्थानीय निकायबाट प्रतिनिधित्व हुने गरी यस परिषदलाई विस्तार बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *