आदर्श अनलाइन दोहा, कतार
बागलुङ सेवा समाज दोहा कतारको १२ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सहानिया स्थित अलदोशरी पार्कमा बनभोज सहितको अधिवेशन पुनः सन्तोष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै बागलुङ समाजका संरक्षक तथा गैरआवासीय नेपालि संघ मध्यपूर्व युवा संयोजक राज रेग्मीले स्थापना काल देखि नै निकै उदाहरणीए काम गरीरहेको स्मरण गर्दै यो कार्यकालमा कोरोनाको कहरका बीचमा पनि उत्कृष्ट काम गरेको बताउनुभयो । रेग्मीले वर्तमान कार्यसमितिले जिल्लाको लागी विभिन्न समयमा स्वास्थ्य सामाग्री खरीद, विरामीको लागी उपचार खर्च, बाढीपहिरो पिडितलाई सहयोग तथा अलपत्रमा परेका जिल्लावासीलाई नेपाल फर्कनमा गरेको सहयोग लगाएतका सामाजिक कामहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि अझै सक्रियताका साथ लाग्न शुभकामना दिनुभयो ।
कार्यक्रममा संस्थापक सचिव एवं प्रमुख सल्लाहकार सागर पौडेलले बागलुङ जिल्लाको परिचय तथा बागलुङ सेवा समाज कतारको स्थापन काल देखि वर्तमान समय सम्मको संस्थागत जानकारी गराउनुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे सचिव इश्वर सापकोटाले २ वर्षे कार्यकालमा करीब १३ लाख नेपालि रुपयाँ बराबरको आर्थिक सहयोग गरेको जानकारी गराउनुभएको थियो ।
सो अवसरमा बागलुङ सेवा समाजलाई विभिन्न समयमा सहयोग गर्ने ब्याक्तित्व एवं संस्थालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा संस्थाका प्रमुख संरक्षक होमनाथ शर्मा, रमेश भट्ट, चन्द्रकान्त शर्मा, राज रेग्मी, संस्थापक सचिव एवं प्रमुख सल्लाहकार सागर पौडेल, गैराआवासीय नेपाली संघका सचीव एवं सफल ब्यबसायी आरके शर्मा, संस्थाका मानार्थ सदस्य झबिन्द्र आचार्य, टाली रेस्टुराँ र सम्राट रेस्टुराँ, गोरखा सेवा समाज तथा आईएमइ कतार रहेका छन ।
कार्यक्रममा कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । बागलुङ सेवा समाज दोहा कतारको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सत्यकी प्रताप सिङ, टेक रसाइली र चेतन पुन, सचिवमा ईश्वर सापकोटा र निराजन गौतम, सह–सचिवमा बाबुराम गैरे, कोषध्याक्षमा गोपाल थापा, सह कोषध्याक्षमा कृष्ण सिर्पाली रहनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा डोलेन्द्र सुवेदी, हिरा बि.क.,जाल पुन, सुरेश सापकोटा, कृष्ण गिरि, शारदा गिरी, इन्द्र बोहरा र चन्डि प्रसाद गौतम रहनुभएको छ ।
बागलुङ सेवा समाजका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य निराजन गौतमले र संचालन पुर्व सचिव तेजेन्द्र गैरेले गर्नुभएको थियो ।