रोहन जि.सी, बागलुङ
रोट्रयाक्ट क्लव अफ बागलुङले बिभिन्न कार्यक्रमका साथ शुरु गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन सोमबार किशोरीहरुलाई स्यानेटरी प्याड बनाउने तालिम सम्पन्न गरेको छ । क्लबले क्लबका सदस्य, इन्ट्रयाक्ट क्लबका सदस्य र विभिन्न विद्यालयका विद्यार्थी गरि ५० जना किशोरीलाई प्याड बनाउँने तालिम प्रद्धान गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) ले महिलालाई महिनाबारी हुँदा असहज महशुष नगरी लाज, डर नमानी आफ्ना परिवारमा समस्या राख्नुपर्ने बताउनुभयो । उहाँले आफै बनाउन सकिने स्यानेटरी प्याड प्रयोग गर्दा आर्थिक रुपमा बचत हुने, स्वास्थ्यकर हुने र बजारमा पाइने प्याड भन्दा घरमै बनाएको प्याडले वातावरण दुषित नहुने र सुरक्षित हुने बताउनुभयो । उहाँले महिलाहरुको सिप बिकास र क्षमता अभिवृद्धिका लागि क्लबले राम्रो काम गरेको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ बागलुङका पुर्व अध्यक्ष महिला अधिकारकर्मी लक्ष्मी जि.सी कार्कीले महिलाहरुको स्वास्थ्य प्रजनन सम्बन्धि जानकारी गराउनुभएकोे थियो । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ बागलुङका पुर्व अध्यक्ष ताराप्रसाद शर्मा (स्टार)ले मन्तव्य राख्नुभएको थियो ।
तालिममा रोट्रयाक्ट क्लव अफ बागलुङका १ं० जना, इन्ट्रयाक्ट क्लव अफ न्यु ओएसिस मा.विका २५ जना, आदर्श विद्मामन्दिर मा.विका १५ जना गरी जम्मा ५० जना किशोरी सहभागी भएको सप्ताहका मुल संयोजक झोकेन्द्र थापाले जानकारी दिनुभयो । प्याड बनाउने तालिमको सहजीकरण जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुले गर्नु भएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष शिवबहादुर केसीको अध्यक्षता, क्लवका आगामी अध्यक्ष एवँ सप्ताहका मुल संयोजक झोकेन्द्र थापाको स्वागत र कार्यक्रम संयोजक तथा क्लबका सदस्य मनिषा थापाको संचालनमा सम्पन्न भएको थियो ।