आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–६ का वडा अध्यक्ष जीवन कुमार पुन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । वडा अध्यक्ष पुन नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
मंगलबार नेकपा एमालेले ढोरपाटनमा आयोजना गरेको एक कार्यक्रममा जीवन बहादुर पुन संगै नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु शिखर पुन, सम बहादुर अदै, मिलन अदै, मदन घर्ती, ने.क.पा माओबादी केन्द्र बाट ढोरपाटन नगरपालिकामा स्थानीय निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवारी दिनुभएको निरुता घर्ती मगर सहित केही नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख तथा एमाले गण्डकी प्रदेश सदस्य देव कुमार नेपालीले जानकारी दिनुभयो ।
पार्टी प्रवेश गर्दै वडा अध्यक्ष जीवन कुमार पुनले एमालेमा जनताको लहर देखेर जनताको भावना अनुसार एमालेमा प्रवेश गरेको बताउनुभयो ।