रघुगंगामा सामुहिक आलुखेती

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको रघुगंगा गाउँपालिकामा सामुहिक आलुखेती गर्न थालिएकाे छ । रघुगंगाको बेग, भगवती, झिँ, पाखापानी र कुइनेमंगलेका कृषक समुहलाई अनुदानमा बीउ, मल र प्राविधि सहयोगमा सामुहिक आलुखेती गरेका छन् ।

कृषक समुहले कम्तिमा २ सय रोपनी जग्गामा लगाउने सम्झौतासहित पाचँ वटा ब्लक बनाएर गाउँपालिकाबाट सामुहिक आलु खेती कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिनुभयो ।गाउँपालिकाको ३० लाख र कृषक समुहबाट ३० लाख बराबरको श्रमदानसहित ६० लाख रुपैया बजेटको स्टिमेटमा रघुगंगामा आलुखेती लगाउने अभियान लागुभएको छ ।

सामुहिक आलुखेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा १२ लाखको कार्यक्रम अन्तरगत गाउँपालिकाको ६ लाख र कृषक समुहको ६ लाख रुपैयासहितको योजना अनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको छ । निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन आल ब्लक खेती लागु गरिएको कृषि शाखा संयोजक सविना शर्माले भन्नुभयो ।

रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीस्थित बरखर्क कृषि समुहमा आवद्ध २४ जना कृषकले सामुहिक रुपमा २ सय रोपनी जग्गामा आलुखेती गरेका छन् । उनीहरु सामुहिक रुपमा गोडमेलमा ब्यस्त भएका छन् । गाउँमा निर्वाहमुखी खेतीमा सिमित रहेको जमिनलाई भाडामा लिएर गाउँपालिकाबाट मिनिटेलर र प्राविधिक सहयोगमा कृषक समहुको सक्रियतामा २ रोपनी जग्गामा लगाएको बरखर्क कृषक समुहकी कोषाध्यक्ष देवी कटुवालले बताईन । “कृषक समुहबाट ६५ रोपनीमा र समुहमा आवद्ध कृषकले ब्यक्तिगत रुपमा १ सय ३५ रोपनी जग्गामा आलु लगाएका छन् ।” खायन नामको आलु कृषक समुहले लगाएका छन् ।

व्यक्तिगत रुपमा भन्दा सामूहिकरुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको बुझाई छ । गाउँपालिकाको सहयोगमा आलु विउ उपलब्ध भएपछि समुह र किसानले व्यक्तिगतरुपमा पनि छुट्टाछुट्टै ठूलो परिमाणमा आलुखेती गरेका कोषाध्यक्ष कटुवालले भन्नुभयो । सामुहिक रुपमा गरेका आलुखेतीलाई सिचाईको अभाव छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *