वार्षिक पुण्य तिथिमा विद्यालयमा अक्षयकोष

आदर्श अनलाइन, बागलुङ
वार्षिक पुण्य तिथिको अवसरमा बागलुङ नगरपालिका–३ स्थित धौलागिरी बिरेन्द्र माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । बागलुङ नगरपालिका–३ स्थित सोही विद्यालयका पूर्व शिक्षक स्वर्गिय घनश्याम शर्मा र श्रीमती बलावती शर्माको नाममा ‘श्री घन बल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ ।

विद्यालयमा अध्ययनरत जेहेन्दरा विद्यार्थीहरुलाई छात्रवृति वितरणका लागि स्वर्गिय बाबाको १३ र्औ वार्षिक पुण्य तिथिका अवसरमा विद्यालयमा रु.एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ ।

२०३५ सालदेखि यस धौलागिरि विरेन्द्र माध्यामिक विद्यालयमा सेवारत घनश्याम शर्मा विद्यालयमै कार्यरत हुँदाको बखत २०६५ सालमा निधन भएको थियो । उहाँको स्मृतिमा आमा वलावती शर्माको समेत नाम जोडेर अक्षयकोष स्थापना गरिएको छोरा तथा ‘श्री घन बल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ कोषका संरक्षक हिमाल प्रसाद शर्माले जानकारी दिनुभयो । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष कक्षा १ देखि १२ सम्मका १२ जना विद्यार्थीहरुलाई दुई हजारका दरले छात्रावृति प्रदान गरिने छ । यस्तै पुरस्कार स्थापनाको दिनमा राष्ट्रिय परिक्षा बोर्ड २०७८ मा सर्वाधिक अंक ल्याउने तीन जनालाई नगद सहित सम्मान गरिएको थियो ।

राष्ट्रिय परिक्षा बोर्ड २०७८ मा विद्यालयको साधारण धारतर्फको शिक्षा संकाय अन्र्तगत सर्वाधिक अंक ल्याउने मिनाक्षी घर्ती मगर, व्यवस्थापन समूहमा उत्कृष्ट अंक ल्याउने लाल बहादुर रोका मगर र प्राविधिक धार तर्फ उत्कृष्ट अनुषा शर्मालाई नगद दूई हजारका दरले सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कोष स्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर भइरहेको र विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेको बताउदै यस्ता अक्षयकोषले विद्यार्थीलाई थप हौसला पुग्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक भुमिराज गौतम, स्थानीय समाजसेवी कुमार विक्रम क्षेत्री, स्थानीय मुरारीदत्त शर्मा, तुल्सीराम सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माको अध्यक्षता, शिक्षक पूर्णराज रेग्मीको स्वागत तथा शिक्षक रेशम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *