सपुतको पिरमा एमाले, काँग्रेस किन खुसी ?

सज्जन कुमार सिंह
केही बर्ष अघि पशुपति शर्माको लुट्न सके लुट कान्छाको सिर्जनालाई सत्ता पक्षले कैची चलाए । त्यतिबेला सत्ता बाहिरका दलले खुबै समर्थन गरे । त्यतिबेला लुट्ने भनेका सत्तापक्ष हो हामी चाहिँ एकदम ठिक भन्ने गरि प्रचार गरे । एमाले अध्यक्ष ओलीले गितका बिषयमा त्यो बेला भन्नुभएको थियो, ‘एकजना गायकले आवेशमा आएर हाम्रो बदनाम गरेछन् अनि आफै लाज मानेर हटाएछन् ।’

गायक प्रकाश सपुतले माओवादी छापामारलाई माओवादीले व्यवस्थापन गर्न नसकेको भावको ‘पिर’ केहि दिन अघि सार्वजनिक गरे । पशुपतीको सिर्जनामा जाइलागेका ओली सपुतको पिरमा भने प्रसन्न भए । “एउटा गितले कोहिकोहिका पार्टि नै तहस नहस भएछ । ओलीले एउटा कार्यक्रममा व्यङ्ग्य गरेका छन् । आफ्नो पार्टिमाथिको व्यङ्ग्य नरुचाउने तर अन्य पार्टिका कमजोर पक्ष सिर्जनामा आउदा खुसी हुने प्रवृत्ति नेपाली राजनैतिक दलका मुख्य विशेषता हुन् ।

अर्थात नेपाली उखान छ नि ‘अरुका आङ्को जुम्रा देख्ने आफ्नो आङको भैंसी नदेख्ने ।’ यहि उखान प्राय नेपालीमा चरितार्थ हुन्छ । सिर्जना माथि साहित्य र रचना माथि शाषकहरु धावा बोल्ने इतिहास संसारमा जताततै छ्याप्छ्याप्ती पाइन्छ । नेपालमा अझै साहित्य, सिर्जना गितहरु शाषक, राजा रजौटाको जयजयकार र बयान गरेरै निस्कन्थे । उनिहरुको जयजयकार विनाका सिर्जनाले ठाउँ पाउदैनथे मात्र होइन उनिहरु विरुद्धका आवाज लेख्नेका, गाउनेका गला रेटिन्थ्यो । जेल हालिन्थ्यो, रत गित हुन्थे “भज्याङमा राजा भेटियो, भज्याङमा रानी भेटियो ।’’

राजा भेटिनु र नभेटिनुमा के चाहिँ अर्थ छ ? तर त्यति बेलाका गितमा यहि राजा भेटियो गित निकै चर्चित गित थिए । व्यवस्था फेरिएसंगै नागरिकहरुमा आलोचनात्मक चेत विकास हुँदै गए । गलत कुराका विरुद्ध आवाज उठाउने, व्यङ्ग्य गर्न पाउने, साहित्य, संगित सिर्जना पाउने अधिकार विभिन्न समयका संघर्ष र परिवर्तनले दिए । व्यक्तिलाई आफ्नो विचार राख्ने, गलत कुराको विरोध गर्ने अधिकार पनि सुनिश्चित गरिदियो ।

अब कुरा गरौ प्रकाश सपुत भाइको पिर गित बारे । सपुतले उठाएको पूर्व लकाडुको पिरमा एमाले, काँग्रेस खुसी हुनुको कारण के ? के उनिहरुका गल्ती नै छैन ? के देशका यी समस्याहरुका भागदिार उनिहरु होईनन् ? देशभित्रका समाधान गर्न यी मुख्य दलको भूमिका हुँदैन ? ताकि केवल खुसी व्यक्त गर्ने र विरोध गरेर रमिता देखाइन्छ ? जनयुद्धकै भरमा आएको गणतन्त्रमा राष्ट्रपति बन्न पाउनेहरु के यी दलका छैनन् ? संघियता र समावेशी सहभागीताको फाइदा लिने यी दलभित्रका छैनन् ?

‘पिर’ गितको एक कोठाभित्रको सिनमा गोलीको निशाना देखाउने बैनी रक्तिममा नचरी गर्ने हाम्रै बागलुङ बरेङकी परिछन् । उनले (बिबिसी)र रवि लामिछानेलाई समेत आफू माओवादीको कलाकार रहेको भनेर दुनियाँलाई उल्लु बनाइन् । अर्थात मौका पाएसम्म गित, चलचित्र र रचना काल्पनिक हुन्छ त्यो कल्पनाको कुनै स्रोत भए सिर्जना गर्न सहज हुन्छ । सिर्जना सबै सत्य हुनै पर्छ भन्ने मान्यता पनि जबरजस्त स्थापित छैन । सिर्जना कुनै घटना, परिस्थिति र अवस्था देखाउने एक संकेत हो, एउटा अभिव्यक्ति हो । पिरमा देखिएकी कमरेडले माओवादि कलाकारका रुपका झुट स्वरुप नदेखाउनु पर्थ्यो । यस्ता धेरै पात्रका कारण पनि माओवादिलाई बदनाम बनाउने कुरामा टेवा पुग्दै गएको छ र उसले स्थापित गरेका मुद्धाहरु ओझेलमा परेका छन् ।

सत्तामा पुगेपछि केही नेताहरु जनयुद्धको मर्म भुलेको कुरा स्वीकार्न सक्नुपर्छ । अवसर टाठाबाठाले पाए । नत्र माओवादी भन्दा डराउनेहरु र नाम मात्र सुन्दा सातो पुत्लो उड्नेहरु कसरी उहि पुरानै शैलीमा हैकम जमाउन सफल भए ? त्यो माओवादि नेतृत्वको असफलता हो नै । सत्ता पक्ष सिर्जना, सर्जकलाई आफ्नो पक्षमा वकालत गरिदिए हुन्थ्यो भन्ने इच्छा राख्छन् नै । पशुपतिको गित हटाउने अहिले १२ हात उफ्रेर खुसी मनाएका छन् । ‘गणतन्त्र विरोधी, राज्यमा आफू बाहेक अन्य जात, समुदायको उपस्थिती देख्न नरुचाउने, त्यतिनै पुरातनवादी, नश्लिय सोच भएकाहरुको हरेक ठाउँमा नेतृत्व र उनिहरु कै हैकम चल्ने वातावरण फेरि बन्नु नै पिर मार्फत कलमको तिर हान्ने वातावरण बनेको हो ।

बरु सबै नेता, कार्यकर्ता जनयुद्धका मर्म र बाँकी कार्यभार पुरा गर्न, आफुलाई पुन बदल्नतिर लागौं । गित र सिर्जना माथि बन्देज लगाउने होइन् । अझै नसच्चिने हो भने ठुलो त्याग, बलिदन गरेका, गोली खाएकाहरुलाई नै खलपात्र बनाएर जाली फटाह, ठगहरु नायक बन्ने स्थिती बन्छ, बनेका छन् । यस्तै थिममा धेरै सिर्जना, साहित्य, पर्चा, चिर्केटा आइरहन्छन् । हरेक व्यक्तिको विचार पक्षधरता हुन्छ । पक्षधरता लिने कुरामा हरेक व्यक्ति स्वतन्त्र हुन्छ । कुनै घटनाका सकरात्मक पक्षलाई स्थापित गर्ने कि त्यसका उपलब्धिलाई छायाँमा पार्ने कुरा उसको विचार, बृहत् दृष्टिकोण र पक्षधरताले निर्धारण गर्छ ? जस्तो की ः आधा गिलास पानीलाई कोहि आधा खाली देख्छन्, कोहि आधा भरि ।

प्रकाश भाईको सिर्जनशिल आँखाले जनयुद्धलाई आधा गिलास खाली देख्यो ( पक्षधरता ) यसर्थ यो सिर्जना असफल, निराश र आक्रोश तिर बढि केन्द्रित रह्ये । सिर्जना कुनै राजनैतिक प्रभावबाट प्रेरित छैन भन्ने उनको स्पोष्टोत्ती आइसक्यो । अन्य सिर्जना जस्तै उहीँ प्रकृयामा यसलाई बजारमा ल्याए तर यसले अन्य दललाई आफू ठिक माअ‍ोवादि बेठिक भनेर प्रचार गर्ने कुनै न कुनै रुपमा टेवा पुगेको जस्तो देखियो । उनिहरुले चुनावको मुखमा आफुहरु ठिक भएको गतिलो भ्रम छरेर माओवादि योगदानलाई गलत रुपमा प्रचार गरिरहेका छन् ।

त्यहि समर्थन र विरोधको बिचमा माओवादी पार्टि, जनयुद्ध गलत थियो भन्ने अर्थमा जबरजस्त प्रचार भइरहेको प्रति सच्चा नेता, कार्यकर्ता चिन्तित हुनु अन्यथा होइन । हिजो विश्वयुद्धमा श्रीमान लडाइमा पठाएर बर्षाै नफर्किदा पनि हाम्रा हजुरआमाहरु, चेलीहरुले उनिहरुकै बाटो हेरेर जीवन फाले । त्यो गौरवपूर्ण ईतिहास नेपाली महिलाको ईतिहास हो । उनिहरु चरम अभावमा भए, गरिब भए तर आफ्नो इज्जत डगमगाउन दिएनन् । वर्ग संघर्ष र मुक्तिको लडाइँमा हिडेका योद्धाहरुको आत्मसम्मानमा ठेस पुग्ने गरी नारी जति केही गर्न सक्दैनन्, अन्ततः देह व्यापार गर्न विवश हुन्छन् भन्ने कुरा सत्य नै भएको भएपनि आँखैले देखेको भएपनि संलग्न नगरेको भए सबैको मन जित्थ्यो । त्यो सिन देखाउनै पर्नेमा चाहिँ हामि पुरुषहरुको परम्परागतवादि र विभेदित चिन्तनको उपज हो ।
सिर्जनामा मसला थप्न १६ मिनेटको गीति कथामा चट्ट एउटा सिन हाल्दिदा गज्जबै हुने कुरा सर्जक÷निर्देशकले सोच्नु गलत त थिएन् किनकि बिक्ने पनि बनाउनु छ । तर यसले कहि कतै महिला छापामारको आस्थामाथी बुट बजारिदियो कि ? यहि गाठोमा आएर केही विरोध र समर्थन अल्झियो । यसो हुनुमा सर्जकलाई त्यो बिषय सामान्य लाग्नु र नेपाली समाजले नपचाउनु होकि जस्तो लाग्यो ।

उचाई ः भाइको सिर्जनालाई हरेक नेता देखि सामान्य नागरिकले पनि यति धेरै महत्वले हेर्ने, एउटा विचार बनाउने, समाजमै हलचल ल्याउने भएको छ । यो निकै सकरात्मक छ । यसले सिर्जनाको उचाई बढेको छ । गित र सिर्जनाको शक्ति बन्दुक भन्दा पनि बलियो हुन्छ भन्ने कुरा यस्ता सिर्जनाले पुष्टि गर्छन् । त्यसैले गलत प्रवृत्ति र आम मान्छेको पक्षमा सिर्जना गर्न, झक्झकाउन छाड्नु हुन्न । ताकि पक्षका आँखाका पर्दा खुलुन् सर्जकलाई अझै बढि जिम्मेवार बनेर समाजका धेरै बिषय वस्तुको गहिराइमा पुन्नुपर्ने अभिभारा थपिएको छ । गितमा सबै कुरा समेट्न सकिदैन तर अपुष्ट कुरा हटाउन चाहिँ सकिन्छ ।

अन्त्यमा ः मलाई त ‘एउटा फेरिएको नेता र संघर्ष गर्दा गर्दै सफलता तिर उक्लिएको कलाकार पनि दुवै उस्तै उस्तै लाग्छ । किनकि व्यस्तता बढ्छ , आर्थिक हैसियत बढ्छ अनि नेताले कार्यकर्ता, जनयुद्धका सिपाई विर्सन्छ । कलाकारले पनि आफ्नो धरातल र आफन्तहरु बिर्सन्छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *