निसीखोलाका चार वडा आलु र मकै पकेट क्षेत्र

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकाले कृषि क्षेत्रको प्रवद्र्धनका लागि आलु र मकै पकेट क्षेत्र घोषणा गरेर काम अगाडी बढाएको छ । गाउँपालिकाको माथिल्लो क्षेत्रमा आलु र तल्लो क्षेत्रमा मकै पकेट क्षेत्र बनाएको छ । गाउँपालिकाको वडा नम्बर २ मा आलु र मकै तथा मकै, वडा नम्बर ५, ६ र ७ लाई आलु पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिनुभयो ।

गाउँपालिकाले गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकोमा यस वर्ष चार वडा वडामा आलु तथा मकै पकेट क्षेत्र बनाएको प्रमुख परियारको भनाई छ । उहाँले पकेट क्षेत्रमा उपभोत्ता समिति निर्माण गरि सम्झौता समेत गरि सकेको भन्दै अब काम अगाडी बढ्ने बताउनुहुन्छ ।
‘निसीखोला गाउँपालिकाको चार वटा वडालाई यस वर्ष आलु र मकै पकेट क्षेत्र बनाएका छौँ, ति क्षेत्रहरुमा उपभोत्ता समिति बनाई सम्झौता भएर काम अगाडी बढेको छ,’ परियारले भन्नुभयो ‘वडा नम्बर २ मा मकै र आलु पकेट क्षेत्र भनेका छौँ भने वडा नम्बर ५, ६ र ७ लाई आलु पकेट क्षेत्र घोषणा गरेर काम भइ रहेको छ ।’

गाउँपालिकाको वडा नम्बर ५ र ६ आलु उत्पादनका लागि अत्यन्तै उर्वर मानिन्छ । यहाँका वडावासीले वर्षौँदेखि आलु उत्पादन गर्दै आएका छन् भने यसैबाट जीविकोपार्जन समेत गर्दै आइरहेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ५ निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर मानिन्छ । तर गाउँपालिकाले निसेलढोरमा कृषिका लागि बजेट व्यवस्थापन गर्न नसकेको स्थानीय बताउँछन् ।

ढोरपाटन सिकार आरक्ष समत पर्ने निसेल ढोरमा रहेक वर्ष स्थानीयहरुले लाखौँका स्याउ, आलु, सिमी उत्पादन गर्ने गर्दछन् । त्यस क्षेत्रमा उत्पादन बढाउन पालिकाको ध्यान नपेको पाइन्छ । गाउँपालिकाले कृषिका लागि यस वर्ष ४० लाख बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख परियार बताउनुहुन्छ । उहाँले यस बजेटबाट कृषिकलाई उन्नत जातका बिउ भिजन वितरण गर्ने, माटो शिवर संचालन समेत गरेको बताउनुभयो ।

उहाँले कृषकलाई समय–समयमा कृषि परामर्श तथा तालिम समेत दिँदै आएको भन्दै, अब केही अनुदानका कार्यक्रम समेत गर्न बाँकी रहेको बताउनुभयो । निसीखोलाका कृषकले अझै पनि परम्परागत खेति प्रणाली अपनाउँदै आएको भन्दै अब आधुनिक प्रबिधिको प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *