सागको सुखद समापन

सम्पादकीय
हाम्रा खुशीहरु पनि अधकल्चा हुँदा रहेछन् । हाम्रा जितहरु पनि अर्ध हुँदा रहेछन् । हाम्रा सोचाई बुझाइहरु पनि सकिर्ण हुँदोरहेछ । हाम्रा सपनाहरु पनि साना घेरा र संकिर्ण दायराका हुँदा रहेछन् । हुन न हामीलाई लाग्छ र धेरैलाई लाग्दो हो । आँफुले देखेको सपनाहरु बिपना बन्दाका बखत दुनियाँ खुशी हुँदा हुन् । दुनियाँलाई खुशी तुल्याउँदो हो । आँफुले प्राप्त गर्ने खुशीहरु दुनियाँका खुशी हुन् । आँफुले प्राप्त गर्ने जितहरु सबैका जित होलान् । आँफुले सोच्ने सोच, सपना र बुझाईहरु साझा सोच, सपना र बुझाईहरु होलान् । यस्तो सोचमा बाँचिरहेका हामीलाई नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद (साग) आयोजना र त्यसमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने र पदक जित्ने खेलाडीहरुले हाम्रा खुशी, सोच, सपना र जितहरु कति व्यक्तिगत, संकुचनको दायरमा रहेछ भन्ने गहिरो महुशुस गराई दिए । र खेल खेलाडीको महत्वलाई व्यापक बनाइ दिएको छ ।

मंगलबार भव्यताका साथ १३ औं साग खेलकुद सकिएको छ । राजधानी सहित सुन्दर शहर पोखरा र जनकपुरमा गरिएको बिभिन्न प्रतियोगितात्मक कार्यक्रमले बिशेष रौनकता र अन्र्तराष्ट्रिय स्तरमा पनि छाप छोड्न सफल रह्यो । सागमा नेपालले ५१ स्वर्णपदक जित्न सफल बनेको छ । नेपालले इतिहासमै सर्वाधिक स्वर्ण हात पार्न सफल भएको हो । यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यो नै नेपाले अहिलेसम्म जितेको सबैभन्दा बढी स्वर्ण थियो । सन् २०१९ मा आइपुग्दा आफैंले आयोजना गरेको सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको हो । (साग)मा नेपाली पौडिबाज गौरिका सिंह एक्लैले अभुतपूर्व खेल कौशल प्रर्दशन गर्दै चार स्वर्ण पदक जिताए । र आँफुलाई गोल्डेल गर्लका रुपमा किर्तिमानी खेलाडीको रुमपा दक्षिण एसियामा स्थापित गराउन सफल रहे । गौरिकाले सय मिटर, २ सय मिटर फ्रिस्टायलय,२ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टयाल तर्फ स्वर्ण जित्दा देशको गौरव लाग्दा परिघटनाले हर नेपालीको शिर उच्च बन्यो । र अहिले सम्मकै सर्वाधिक स्वर्ण जित्ने अवसर नेपालले पायो ।

सागमा सर्वाधिक स्वर्णका लागि नेपाल र नेपाली खेलाडी बधाईका पात्र स्वभाविक छन् । यसका अतिरिक्त देशका लागि पदक जित्न अथक प्रयत्नशिल रहने रजत र कास्य पदक बिजेतालाई पनि बधाई छ । जो सिमित स्रोत साधन र तयारीका बाबजुद पनि प्रतिस्पर्धामा देशको अब्बल उपस्थिति जनाउने सबै खेलाडी प्रति हार्दिक नमन । र केही कमजोरी र आलोचनाका बीच भव्य साग सफल आयोजनाका लागि आयोजक सबैलाई बधाई । यसले नेपालको शान अझ बढेको छ । देशको गरिमा र उचाई थप चुलिएको छ । सर्वाधिक देशले स्वर्ण जितेको क्षणले हर नेपालीलाई उत्साहित तुल्याएको छ । कहिले कुनै पार्टी, जाति,क्षेत्र, धर्म र लिंगका नाममा बिभाजित नेपाली साग र स्वर्ण जितले सबै नेपाल र नेपालीले जितको अनुभुति गर्ने दुर्लभ अवसर प्राप्त गरेका छन् । फेरी एक पटक बधाई नेपाल, बधाई नेपाली ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *