चितवनको सुरक्षित साकोस र आदर्श सञ्चार सहकारीबीच अन्तरक्रिया


आदर्श अनलाइन, बागलुङ

सहकारी अध्ययन अवलोकनका लागि बागलुङ आएको चितवनको सुरक्षित वचत तथा ऋण सहकारी संस्था लिमिटेड र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङबीच बिहीवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले अध्ययन अवलोकन भ्रमणले सहकारीहरुका असल अभ्यासको अनुशरण गर्न तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई बढाउन सहकारीहरुको भूमिका बढ्दै गएको बताउनुभयो ।

उहाँले एक ठाउँको सहकारीले गरेका असल अभ्यासहरुलाई अर्को ठाउँको सहकारीले अनुशरण गर्ने, एक आपसमा अनुभव आदान प्रदान गर्ने जस्ता कार्यले सहकारीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओम लामिछानेले सूचना तथा सञ्चारलाई प्राथमिकतामा राखेर काम गरेर आदर्श सञ्चार सहकारीले सहकारीको प्रवद्र्धन र विकासमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सुरक्षित वचत तथा ऋण सहकारी संस्थाले गरेका गतिविधि जानकारी गराउदै सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा संस्थाको योगदान प्रभावकारी बन्दै गएको बताउनुभयो ।

संस्थाका निवर्तमान अध्यक्ष शितलकाजी श्रेष्ठले सहकारीले वित्तीय कारोबारसंगै समाजप्रतिको जिम्मेवारी पनि पुरा गर्नु पर्नेमा जोड दिदै सुरक्षित साकोसले नियमित रुपमा सामाजिक काम गर्दै आएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काको अध्यक्षता, सहसचिव सरस्वती खड्का परियारको स्वागत र प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *