जैमिनीमा तीन दिने पत्रकारिता तालिम


आदर्श अनलाइन, बगालुङ

नेपाल पत्रकार महासंघ बागलुङको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा सञ्चालित तीन दिने पत्रकारिता तालिम सकिएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्सिेरामा तीन दिने उद्घोषण कला तथा आधारभूत पत्रकारिता तालिम सकिएको नेपाल पत्रकार महासंघ बागलुङले जनाएको छ ।

तालिम समापनि पछि बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले उद्घोषण तथा पत्रकारिता तालिमले विद्यार्थीको सर्वागिण विकासमा सहयोग पु¥याउने बताउनुभयो ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले पत्रकारिता क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत पत्रकारिता तालिमले सहयोग पु¥याउने बताउनुभयो । उहाँले समाचारमा सत्य तथ्य झल्कनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिरको अध्यक्षता, सचिव विजय रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा तालिम संयोजक तारानाथ आचार्य, प्रशिक्षक किरण आचार्य, प्रशिक्षार्थी सुवोध क्षेत्री लगायतले मन्व्य राखेका थिए ।

जैमिनी नगरभित्रका माध्यामिक तह संचालन भएका १८ विद्यालयका दुई/दुई जनाको दरले ३६ जना विद्यार्थी तालिममा सहभागी भएको भएको पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले जानकारी दिनुभयो । तालिममा बागलुङमा लामो समयदेखि सक्रिय पत्रकारहरुले सहजी करण गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *