फेरिएको धौलागिरी बिरेन्द्र माध्यामिक विद्यालय


खेमराज गौतम, बागलुङ

बागलुङ सदरमुकाम संग जोडिएको बागलुङ नगरपालिका–३ रात्माटामा रहेको धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयमा कुनै समय एकै वर्ष ९३ जनाले एसएलसी दिन्थे । विद्यालयमा विद्यार्थीको संख्या थेगि नसक्नु हुन्थ्यो । सदरमुकामका विदार्थी यहाँ पढ्न आउथे ।

तर समय फेरियो विद्यार्थी संख्या ह्वातै घटे । २०२१ सालमा स्थापना भएको विद्यालय विद्यार्थी अभावकै कारण बन्द हुँने अवस्थामा पुग्ला भनेर स्थानीय कसैले सोचेकै थिएनन् । बागलुङकै पुरानो मध्येको विद्यालय धौलागिरी विरेन्द्र माध्यामिक विद्यालय परिसरबाट अहिले निजी विद्यालयका पाँच÷छ वटा सवारीसाधन आउजाउ गर्छन् ।

विद्यालय परिसरकै विद्यार्थी ओसार्न सदरमुकामबाट दैनिक सवारी आउने हैरानी अर्कोतिर धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयमा विद्यार्थी संख्या ओरोलो लाग्दै । निजी विद्यालयको आकर्षणका कारण गाउँका बालबालिका बजार पढ्न आउन थालेपछि कुनै दिन एक हजार ३०० विद्यार्थीले अध्ययन गर्ने धौलागिरी विरेन्द्र माध्यामिक विद्यालय विद्यार्थी अभवमा झण्डै बन्द हुँने अवस्थामा पुग्यो ।

विस्तारै विद्यार्थी संख्या ओरालो लाग्दै गयो । उक्त विदालयमा २०६८ सालमा एक कक्षा देखि १० सम्म जम्मा विद्यार्थी संख्या ६८ जना थिए । कुनै कक्षा त खाली जस्तै थियो । विद्यार्थीले विद्यालय छोडेपछि झण्डै बन्द हुँने अवस्थाको विद्यालय अहिले भने नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । गाउँलेले दुःख गरेर स्थापना गरेको विद्यालय बन्द हुँने अवस्थामा पुगेपछि स्थानीयमा जागरुकता आयो, कोमा पुगेको विद्यालय बौरिएको छ ।

२०६८ सालदेखिनै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुँन थाल्यो । विद्यार्थीको माग अनुसार विद्यालयमा पढाई हुँन थालेपछि विस्तारै निजी विद्यालयमा अध्ययन गर्न छोडेर यस विद्यालयमा विद्यार्थी आउन थालेको धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयका प्रधानध्यापक भुमिराज गौतमले जानकारी दिनुभयो । “सदरमुकाम नजिकै भएकाले निजी विद्यालयका सवारी साधन गाउँमै विद्यार्थी लिन आउने भएकाले विद्यार्थी अभावले २०६८ सालमा झण्डै विद्यालय बन्द हुँने अवस्थामा थियो, स्थानीय, शिक्षक तथा शिक्षा प्रेमीको सहयोगमा विस्तारै विद्यालय बौरिदै गयो” प्रधानध्यापक गौतमले भन्नुभयो “२०६९ सालबाटै अंग्रेजी माध्यमबाट अध्यापन गराउन थालियो, प्रयोगशाला, कम्प्युटर कक्षाको व्यवस्था गरियो विस्तारै विद्यार्थी संख्या बढ्दै गए अहिले विद्यालयमा ३०० विद्यार्थी छन्, जनसंख्याको हिसावले अहिलेको अवस्थामा विद्यार्थी संख्या निकै राम्रो हो, अझै बढ्ने देखिन्छ ।”
कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यम, कक्षा ११ र १२ अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यापन गराउन थालिएको छ । यस्तै २०७३ सालदेखि पशु विज्ञान तर्फ कक्षा ९ देखि १२ सम्म अध्यापन भइरहेको विद्यालयले जनाएको छ ।

पशु प्राविधिक शिक्षाका लागि बागलुङ बाहेक अन्य जिल्ला म्याग्दी तथा पर्वतबाट समेत अध्यापनका लागि आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माले बताउनुभयो । विद्यालयमा विज्ञान विषयका तीन वटा प्रयोगशाला र कम्प्युटर ल्याबको व्यवस्था समेत गरिएको छ । “नागरिकको चेतना स्तरमा वृद्धि भएसंगै निजी विद्यालयमा भन्दा राम्रो शिक्षा सामुदायिकै हुँने भएकाले निजी विद्यालय छोडेर यस विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीको संख्यामा वृद्धि भएको छ” विव्यस अध्यक्ष शर्माले भन्नुभयो “कोमामा पुगेको विद्यालय बौरिएको छ, ३० जना शिक्षक गुणस्तरीय शिक्षाका लागि खटिएका छन्, निजीमा भन्दा बढी सिकाइका माध्यम यहाँ हुँने गरेका छन् ।”

विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी माध्यम, कम्प्युटर शिक्षा, कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन विषय र कक्षा ९ देखि १२ सम्म पशु विज्ञान अध्यापन भइरहेको छ । स्थानीयहरुले दैलोको विद्यालय बन्द हुँने अवस्थामा आएको देखेपछि आफै जागरुक भएर विद्यालयको शैक्षिक सुधारमा लागेको स्थानीय हिमाल शर्माले बताउनुभयो ।

शर्माका अनुसार अहिले निजी विद्यालयमा विदार्थीहरु समेत यस विद्यालयमा आउने गरेको र विद्यार्थीको संख्या क्रमश बढ्दै गएको बताउनुभयो । बागलुङ बजार नजिकै रहेको उक्त विद्यालयमा भौतिक पूर्वाधारको भने कमी रहेको छ । भिरालो जमिनमा रहेको विद्यालयको तारबार गर्न अत्यन्तै आवश्यक देखिएको छ । विद्यालयमा अध्यापन गराउनका लागि अझै पनी कक्षाकोठाको अभाव भइरहेको विद्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *