माओवादी केन्द्रको वडा कमिटि एमालेमा प्रवेश


आदर्श अनलाइन, बागलुङ

बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा नेकपा माओवादी केन्द्रको वार्ड कमिटि नेकपा एमालेमा समाहित भएको छ ।

धम्जामा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र काठेखोला गाउँपालिका वडा नं. ३ को गाउँ कमिटि अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमालेका काठेखोला गाउँपालिका ३ धम्जाका इन्चार्ज खुम भण्डारीलाई वार्ड कमिटिको माइन्युट हस्तान्तरण गरी पुरै कमिटि एमालेमा समाहित भएको घोषणा गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्र जनताको भावना विपरित अगाडि बढ्दै गइरहेको भन्दै कार्यकर्ता स्तरमा असन्तुष्टी बढ्दै गएको बेला वडा कमिटिनै एमालेमा समाहित हुन पुगेको हो । नेकपा एमालेका सचिवालय सदस्य एंवं धम्जा इन्चार्ज खुम भण्डारीले वडा धम्जामा नेकाप एमालेको प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिनुभयो । सोही अवसरमा नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटिका उपाध्यक्ष विष्णु खड्का सहितका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *