कास्की र गोरखाबाट दोहोरो नागरिकता लिने पूजा पक्राउ

आदर्श अनलाइन, पोखरा
दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । काठमाडौं कोटेश्वर बस्दै आएकी पूजा ढकाललाई गोरखा प्रहरीले पक्राउ गरेको हो । उनले कास्की र गोरखा जिल्ला प्रशासन कार्यालयलबाट दोहोरो नागरिकता लिएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका ६ बैदाम माइती भएकी उनले ८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी थिइन् । उनले पुनः २८ मंसिर २०६७ जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

२८ बर्षीया पूर्जाले गोरखामा गाइने सार्कीलाई बुवा बनाएर पूर्जा गैरेको नामबाट अर्को नागरिकता निकालेको खुलेको प्रहरीले जनाएको छ । गोरखा प्रहरीका अनुसार उनलाई कारबाही गर्न प्रशासनबाट पत्राचार भएपछि उनलाई पक्राउ गरिएको हो । गोरखा प्रहरीले उनलाई पक्राउ गरि दोहोरो नागरिकतासम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *