एमालेको चुनावी अभियान तीव्र

आदर्श अनलाइन, बागलुङ
नेकपा (एमाले) बागलुङले संगठन सुदृढिकरण तथा निर्वाचत केन्द्रीत अभियानलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन घोषणासँगै आफूलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने अभियानका साथ संगठन सुदृढिकरण तथा निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरेको एमालेले शनिबार जिल्लाका विभिन्न ठाउँमा अभियानहरु सञ्चालन गरिरहेको छ ।

एमाले जैमिनी नगरकमिटिले सुरु गरेको जनताका प्रश्न जनप्रतिनिधिसँग कार्यक्रमअन्र्तगत शनिबार जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा सञ्चालन गरेको थियो । जनताका प्रश्नको जवाफ दिदै संघीय सांसद एवं नेकपा एमाले बागलुङका सहइन्चार्ज डा. सूर्य पाठकले अदालतको परमादेशबाट सरकार गठन भएसँगै मुलुकको विकासको गति ठप्प परेको आरोप लगाउनुभयो ।

नेकपा एमाले नेतृत्वको सरकारले प्राथमिकतामा राखेरका पूर्वाधार निर्माणका बजेट कटौती गरेर वर्तमान सरकारले विकास विरोधी गतिविधी सञ्चालन गरेको भन्दै विकास विरोधी तत्वलाई चुनावमा पराजित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

अभियान अन्र्तगत बागलुङ नगरपालिका वडा नं. ६ मा पार्टीको सम्पर्क कार्यालय तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा पार्टीका विदेश विभाग उपप्रमुख कृष्ण केसीले बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज शर्मालगायतले बोल्नुभएको थियो ।

यस्तै बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा टोल भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । भेलामा नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी नेतृ ममतादेवी शर्मालगायतले अबको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनुभएको थियो ।

यस्तै बागलुङ नगरपालिका वडा नं. ५ मा स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण, गलकोट नगरपालिका वडा नं. २ र ११ मा प्रशिक्षण तथा वडा कमिटिको पूर्ण बैठक, बडिगाढ गाउँपालिकामा गाउँपालिका स्तरीय युवा संघ र मदन भण्डारी स्पोर्ट एकेडेमीको बृहत भेला आयोजना गरिएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *