नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बनभोज

आदर्श अनलाइन/दोहा, कतार

नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार फागु पुर्णिमा, नयाँ बर्ष र रमजानको शुभकामना आदानप्रदान सहित बृहत भनभोज एवं विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली जनप्रगतिशिल मञ्च कतारका पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार रमेश भट्टले संस्थाले सदैव मजदुरको पक्षमा काम गर्दै आएको बताउनुभयो । भट्टले नेपाली जनप्रगतिशिल मञ्च बैचारिक संस्था भएपनि कतारमा मुख्यत सामाजिक काममा सक्रिय रहेको बताउनुभयो । उहाले आगामी दिनमा पनि एनआरएनए लगाएत बैचारिक एवं सामाजिक संस्था सङ्ग समन्वय गर्दै मजदुरको हितमा काम गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका महासचिव प्रभात त्रिपाठी, नेपाली जनसम्पर्क समिती कतारका सभापति अजिज अलि, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरे, गैरआवासीय नेपाली संघका मानार्थ परिषद सदस्य बिमल सुवेदी , गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए आइसीसी सदस्य एवं नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका महासचिव पदम गिरी, नेपाल पत्रकार महासङ्ग कतार शाखा अध्यक्ष करिम बकस मिया
गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष राकेश श्रेष्ठ, झापाली समाज कतारका अध्यक्ष केशव कार्की लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा गैरआवासीय नेपाली संघ आईसीसी सदस्य एवं रास्टिय समन्वय परिषद कतारको सन् २०२१–२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राज देवकोटा र संचालन महासचिव माहमुद कार्कीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *