मैत्रीपूर्ण फूटसल प्रतियोगिता संगै रोट्रयाक्ट सप्ताह समापन


आदर्श अनलाइन, बागलुङ

रोट्रयाक्ट क्लव अफ बागलुङको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका–३ गुठी स्थित रसआवर फूटसल मैदानमा आयोजक संस्था रोट्रयाक्ट क्लव आफ बागलुङ, नेपाल पत्रकार महासंघ बागलुङ र रोटरी क्लव अफ बागलुङ बीच मैत्रीपूर्ण फूटसल प्रतियोगिता सम्पन्न भएको छ ।



फूटसल प्रतियोगिताको पहिलो खेल पत्रकार महासंघ बागलुङ शाखा र रोट्रयाक्ट क्लव अफ बागलुङ बीच भएको थियो । शुरु देखिनै दबाबमा राख्दै आएको पत्रकार महासंघ बागलुङले अन्तिम कमजोर सावित हुनुपरेको थियो ।



प्रतियोगितामा रोट्रयाक्ट क्लवले ७ गोल र पत्रकार महासंघले ६ गोल गर्न सफल भएको थियो । यस्तै दोस्रो खेल रोट्रयाक्ट क्लव अफ बागलुङ र रोटरी क्लव आफ बागलुङ बीच भएको थियो । उक्त खेलमा रोट्रयाक्ट क्लव अफ बागलुङले १० गोल र रोटरी क्लव आफ बागलुङले ६ गोल गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खोलाडीको रुपमा पत्रकार महासंघ बागलुङका खेलाडी रोहन जिसी उत्कृष्ट ठहरिनुभएको थियो । जिसीले महासंघका तर्फबाट ४ गोल गर्नुभएको थियो ।

फूटसल कार्यक्रम संगै रोट्रयाक्ट क्लव अफ बागलुङको सप्ताहव्यापी कार्यक्रम समापन भएको रोट्रयाक्ट क्लव आफु बागलुङले जनाएको छ । समापन कार्यक्रममा सात दिनको फरक–फरक कार्यक्रमका संयोजक, मूल संयोजकलाई सम्मान, आर्थिक तथा भौतिक सहयोग गर्नेलाई सम्मान र अथितिलाई मायाको चिनो प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम समापनमा बोल्दै प्रमुख अतिथि रोटरी क्लव अफ बागलुङका अध्यक्ष सन्जय श्रेष्ठले रोट्रयाक क्लव अफ बागलुङले सामाजिक क्षेत्रमा गर्दै आएको काम निकै रह्रानीय भएको बताउनुभयो ।



कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष नविन शिशिर विक, रोटरी क्लव अफ बागलुङका निर्वतमान अध्यक्ष दयाराम पौडेल, सयुक्त चार युवा क्लवका अध्यक्ष अभिष्यक कटुवाल, बागलुङ भजन समितिका संयोजक टेक बहादुर क्षत्री र कृपा थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आयोकको तर्फबाट बागलुङ भजन समितिलाई एक थान स्पिकर सहयोग समेत गरिएको थियो ।



कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष शिव बहादुर केसीको अध्यक्षता, आगमी अध्यक्ष झोकेन्द्र बहादुर थापाको स्वागत तथा निर्वतमान अध्यक्ष तारा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

सप्ताहको पहिलो दिन उपल्लाचौरमा रहेको बागलङ विशेष बाल कक्षामा स्वास्थ्य सामाग्री, दोस्रो दिन स्यानीटरी प्याड बनाउने तालिम, तेस्रो दिन विद्यार्थीलाई ट्राफिक सम्बन्धी जानकारी र लागु औषध सचेतना कार्यक्रम, चौथो दिन मालिकाका आमाहरुलाई प्याड बनाउने तालिम र स्वास्थ्य सचेतना, पाचौं दिन होली विशेष कार्यक्रम, छैठौं दिन तित्याङको शिवालय मन्दिरमा फोहोर व्यवस्थापनका लागि डस्विन सहयोग र अन्तिम दिन फूटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *