सहकारी दिवसको थिम पुरानै : ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’


आदर्श अनलाइन, बागलुङ

आगामी चैत २० गते मनाइने ६५ औं राष्ट्रिय सहकारी दिवसको थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी नै हुने भएको छ ।

राष्ट्रिय सहकारी महासंघले गत वर्षकै थिमलाई यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको हो । महासंघको सोमबार सम्पन्न वैठकले यस वर्षको सहकारी दिवसको थिम गत वर्षको थिमलाई नै निरन्तरता दिने निर्णय गरेको महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

महासंघले सार्वजनिक सूचना जारी गरेर यस वर्षको थिमका लागि प्रस्ताव आव्हान गरेको थियो । महासंघको आव्हान अनुसार आएका प्रस्तावहरु चित्तबुझ्दो नभएकाले गत वर्षकै थिमलाई निरन्तरता दिने निर्णय भएको महासंघका महाप्रवन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिनुभयो ।
सहकारीको व्यवसायलाई मर्यादित बनाउन तथा प्रविधिलाई जोड्न सहयोग पुग्ने उद्देश्यका साथ गत वर्ष नै मर्यादित व्यवसाय र प्रविधिमा सहकारी थिम तयार गरिएको र यसको सान्दर्भिकता अझै रहेको महासंघले जनाएको छ ।

महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसका अवसरमा थिम तय गरी सहकारीहरुलाई दिशानिर्देश गर्दै आएको छ । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । कोभिड संक्रमणका कारण गत २ वर्ष सहकारी दिवस प्रभावकारी रुपमा देशभर मनाउन नपाएको सहकारीकर्मीहरुले बताएका छन् । यस वर्ष देशभर सहकारी अभियान र संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले सहकारी दिवस मनाउने तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *