बागलुङमा विज्ञान मेला शुरु


आदर्श अनलाइन, बागलुङ

बागलुङमा विज्ञान मेला शुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिको हो ।

नेपाली समाजमा लुकेर रहेका वैज्ञानिक सम्बन्धी कला बाहिर ल्याउन, वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस वर्षको विज्ञान मेला बागलुङमा सोमबारदेखि शुरु भएको छ ।

बागलुङकै जेठो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा आयोजित विज्ञान मेलाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले नास्टले यो वर्ष विज्ञान मेलाका लागि बागलुङलाई छनौट गरेकोमा धन्वयाद दिदै विज्ञान मेलाको यहाँका विद्यार्थीहरुले भरपूर फाइदा उठाउने बताउनुभयो ।

वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि प्रत्येक वर्ष विभिन्न स्थानमा विज्ञान मेला आयोजना गर्दै आएको नास्टले यो वर्ष विद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान मेला बागलुङमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्राचार्यले जानकारी दिनुभयो ।

बागलुङ, पर्वत र म्याग्दीका १० सामुदायिक विद्यालयका ७० जना विद्यार्थीहरुको वैज्ञानिक आविस्कार तथा क्षमता प्रर्दशन गर्ने, विज्ञान सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता र समाजको लागि विज्ञान विषयमा कविता वाचन गर्ने गरी वित्रान मेला आयोजना गरिएको हो ।

विज्ञान मेलामा १० विद्यालयले धूवा रहितको समार्ट सिटि, पानी तान्ने पम्प, रोवट लगायतका बस्तुहरु बनाएर प्रर्दशनीमा रखोका छन् । तीनदिन सम्मको विज्ञान मेलाबाट उत्कृष्टलाई पुरस्कार प्रदान गरिने छ । नास्टले आयोजना गरेको विज्ञान मेलामा बागलुङका छ, पर्वतका दुई र म्याग्दीका दुई सामुदयिक विद्यालयका विद्यार्थीहरुले उल्लास पूर्वक सहभागी जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *