मुक्ति समाज बागलुङ नगर कमिटिको अध्यक्षमा बोहोरा

रोहन जि.सी, बागलुङ

नेकपा एमाले निकट जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बागलुङ नगरपालिका कमिटिकोे प्रथम नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशन बाट राजेश बोहोराको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा रेवति किसान , सचिवमा कर्णबहादुर वि.क , सहसचिवमा धनबहादुर परियार, कोषाध्यक्षमा बाबुराम बोहोरा निर्वाचित हुनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज गोविन्दबहादुर नेपालीले नेकपा एमालेको नीति सिद्धान्तलाई संगै लिएर हिड्ने अन्य दल नभएका दाबी गर्नुभयो ।

नेपालीले देशमा अब गठबन्धनको आयु नभएको र गठबन्धनसंग नेकपा एमालेको जीतका लागि कुनै विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख कृष्णबहादुर के.सी, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, गण्डकी प्रदेश कमिटिका सदस्य तथा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य सुजन परियार, लक्ष्मी बोहोरा, नेकपा एमालेका जिल्ला उपसचिव गणेश थापा, नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष धनबहादुर परियार, जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज इन्चार्ज सुमन बोहोरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाज बागलुङ जिल्ला कमिटिका अध्यक्ष मनोजकुमार वि.कको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण बराल स्वागत र सचिव सुनिता वि.कको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *