राष्ट्रिय युवा संघ नेपाल निसीखोलाको अध्यक्षमा रोविन मगर

रोहन जिसी, बागलुङ
नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल निसीखोला गाउँपालिका बागलुङको भेला सोमबार सम्पन्न भएको छ । भेलाले सर्वसम्मत रुपमा रोविन मगरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा गणेश थापा, सचिवमा घनश्याम पुन, उप–सचिवमा रेम बहादुर क्षेत्री, ढाल बहादुर कुँवर र कोषाध्यक्षमा पुरण चन्द निर्वाचित हुनुभएको छ । भेलाको उद्घाटनपछि बोल्दै नेकपा एमाले पूर्व सदस्य लालवीर लोप्चनले आगामी निर्वाचनमा एमालेलाई जिताउनका लागि युवाहरुको सक्रिय सहभागिताका लागि आव्हान गर्नु भएको छ ।

संविधान तथा सरकारमा युवाको सहभागिता गराउन नेतृत्वदायी भूमिका खेल्ने, राज्यका प्रमुख अंगमा युवालाई पु¥याउने, समृद्धिका लागि स्पष्ट योजना सहित अगाडि बढेको एमालेलाई जिताउदा मात्रै युवा र मुुलुकको समृद्धि हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य लिला बहादुर बुढा मगर, राम प्रसाद चालिसे, भिम बहादुर चन्द, थम बहादुर घर्ति, नेकपा एमाले निसीखोला गाँउ कमिटि अध्यक्ष भुमिराज घर्ति मगर, सचिव लोकिश्वर पौडेल, जनप्रतिनिधि नरबहादुर शाहि, गाँउ कमिटि सदस्य वेग बहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल निसीखोलाका संयोजक रोवीन मगरको अध्यक्षता, र मदन भण्डारी स्पोर्ट एकेडेमी निसीखोलाका संयोजक दिपक चन्दको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो भेलाले सर्वसम्मत रुपमा दिपक चन्दको अध्यक्षतामा ३१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी निसीखोला गाउँपालिका कमिटी गठन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *