रेशका दुई बालक सम्पर्क बिहिन


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई बालक दुई दिन परिवारको सम्पर्कमा आएका छैनन् ।

चैत्र ६ गते आइतबार बिहान १० बजे देखि रेशनुन्थलाका राम बहादुर थापाका १५ वर्षीय छोरा बिष्णु थापा र सोही स्थानका उनका साथि लोर्के थापाका १६ वर्षीय छोरा आशीस थापा वेपत्ता भएका हुन ।

बेपत्ता भएका दुई बालक रेश नुन्थला माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको रेश नुन्थला माध्यामिक विद्यालयका प्रधानध्यापक ओम बहादुर थापाले जानकारी दिनुभयो ।

आइतबार बिहान घरबाट बिद्यालय हिडेका बालक बिद्यालय नपुगी सम्पर्क विहिन भएको पाइएको छ । गहुँगोरो वर्णका बालकहरुलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकको मोबाइल नम्बरहरु ९८१३५३४२४२, ९८४६८८५८८०, ९८६२१३२३०९ मा सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।

परिवारले बालकहरुलाई खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ जानकारी गराएपछि हामीहरुले सबै प्रहरी युनिटहरुलाई सो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *