गलकोटमा पीकअप जीप दुर्घटना हुँदा तीन घाइते


आदर्श अनलाइन, बागलुङ

गलकोटमा अहिले भर्खरै पीकअप जीप दुर्घटनामा परेको छ ।

दुर्घटनमा तीन जना घाइते भएका छन् । गलकोट गरपालिका–२ स्थित मध्यपहाडी लोकमार्गबाट जीप ५० मिटर तल खसेको छ ।

बागलुङ बजार तर्फ आउदै गरेको गरेको ग २ च ४००७ नम्बरको जीप दुर्घटना हुँदा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय हरिप्रसाद, प्रशासकीय अधिकृत तुल बहादुर विकसहित तीन जना घाइते भएको घटनास्थलमा रहनुभएका आदर्श अनलाइनकर्मी डम्मर बुढाले जानकारी दिनुभयो ।

जीप चालक चन्द्र बहादुर बिक सकुशल रहेको र घाइते तीन जनाको उद्दार गरी उपचारका लागि गलकोट लैजाने तयारी भएको बुढाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *