जैमिनिका शिक्षकहरुलाई सूचना, संचार र प्रविधि तालिम

रोहन जि.सी, बागलुङ

बागलुङको जैमिनि नगरपालिकाका शिक्षकको लागि आयोजना गरिएको सूचना, सञ्चार र प्रविधि तालिम बुधबार सम्पन्न भएको छ ।

हेम्पेल फाण्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय संस्था विवाईसी, बागलुङको व्यवस्थापनमा संचालित सिकाइ परियोजना अन्तर्गत शिक्षकहरुका लागि आयोजना गरिएको ३ दिने शिक्षण सिकाइमा सूचना, संचार र प्रविधिको प्रयोग सम्बन्धि तालिम बुधबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै आईसिटी विज्ञ पदमराज पन्तले प्रशिक्षण कार्यक्रममा प्राप्त गरेको सिप, ज्ञानलाई भौतिक रुपमा प्रयोग गर्न आव्हान गर्नु भएको थियो । पन्तले प्रविधिको प्रयोगको आवश्यकताको बारेमा सबै विद्यालयमा शिक्षक र विद्यार्थीले बुझ्नु पर्ने र शिक्षण सिकाइमा सूचना, संचार र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विवाईसी बागलुङका कोषाध्यक्ष गंगा शर्मा, सहभागिहरुको तर्फबाट शिक्षक टिकाराम सापकोटा, शिक्षक माया वि.क लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा जैमिनी नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३२ जना शिक्षकहरुको सहभागीता रहेको विवाईसी बागलुङका अनुगमन तथा मुल्याङ्कन अधिकृत बिमल शर्माले जानकारी दिनुभयो ।

सो प्रशिक्षण कार्यक्रममा आईसिटी विज्ञ पदमराज पन्तले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम विवाईसी, बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता र अनुगमन तथा मुल्याङ्कन अधिकृत बिमल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *