तित्याङमा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण

रोहन जि.सी, बागलुङ
नेकपा एमाले बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङले वडा स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण बुधबार सम्पन्न गरेकोे छ । कार्यक्रमको शुभारम्भ गर्दै नेकपा एमाले जिल्ला बागलुङ अध्यक्ष हिरा बहादुर केसीले नेकपा एमाले राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा अग्रणी भूमिका खेल्ने दल भएको बताउनु भयो ।

आगामी निर्वाचनमा एमालेलाई अत्याधिक मत सहित विजयी गराउनका लागि सबै नेता कार्यकर्ता एकताबद्ध र सक्रिय भएर लाग्नु पर्नेमा केसीको जोड थियो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण पाठक, जिल्ला उपसचिव गणेश थापा, जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शेखर खड्का (झलक), नेकपा एमाले बागलुङ नगरपालिका कमिटिका अध्यक्ष धन बहादुर परियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले बागलुङ नगरपालिका वडा न ९ तित्याङ वार्ड कमिटि अध्यक्ष रुद्र खड्काको अध्यक्षता, बागलुङ नगरपालिका कमिटिका नगर सदस्य अगन खड्काको स्वागत र तित्याङ वार्ड कमिटि सचिव रविन के.सीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *