कोरोना महामारीले गर्दा अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । बचत कम र बचत फिर्ता बढी हुन थालेपछि सहकारी संस्थाहरुले तरलता अभावलाई न्यूनिकरण गर्नका लागि विभिन्न योजनाहरु बनाइरहेका छन् । योजना बनाउदा बनाउदै पनि आफ्ना सदस्यहरुले मागेको समयमा कर्जा लगानी भने गर्न सकिरहेको अवस्था छैन । विद्यमान तरलता अवस्थामा सहकारीहरुले कसरी काम गरिरका छन् ? यस विषयमा पोखरास्थित पृथ्वी बहुउद्देश्यी सहकारी संस्था लिमिटेडका प्रबन्धक मोहन प्रसाद अधिकारीसँग आदर्शकर्मी साधना पन्तले गरेको कुराकानी
तरलताको समस्या अझै लम्बिने जस्तो देखिन्छ, कसरी व्यवस्थापन गर्नु भएको छ ?
मानव जीवनमा आर्थिक तथा सामाजिक विकासका लागि सिद्वान्ततः सहकारी नै सबै भन्दा उपयुक्त माध्यम हो । वित्तीय पहुँच विस्तारमा सहकारी संस्थाहरुको क्रियाशिलताले ठुलो योगदान पू¥याएको छ । आर्थिक तथा वित्तीय व्यवस्थापन प्रणाली कमजोर बन्दा यस्ता समस्याहरु देखिन्छन् । यद्यपी अहिले बजारमा यस्ता समस्याहरु देखा पर्न थालेका छन् । कास्कीका सहकारीहरुमा पनि कताकति यस्ता समस्याहरु आएको हामीले सुनेका छौं । यो अवस्थामा शुसासन, कर्जा लगानी तथा असुली र बचतमा संस्थाहरुले ध्यान नदिएर तरलताको समस्या बढेको हो भन्ने मेरो बुझाई छ । खास गरि सहकारी संस्थाहरुमा सुशासन भन्दा पैसामा दृष्टि केन्न्दी्रत गर्दा अभियान धमिलिएको जस्तो लाग्छ । तरलताको मुख्य समस्या आउनुमा पल्र्सका इन्डिकेटरहरुमा ध्यान नदिई जथाभावि लगानी गर्नु पनि एक महत्वपुर्ण कारण हो ।
हाम्रो सहकारी संस्थामा अहिलेसम्म तरलताको समस्या आएको छैन, बरु कर्जा माग भने केही बढेको छ । यो हाम्रो लागि सुनौलो अवसर हो । राम्रा कर्जा मागका फाईलहरुलाई छऋ विश्लेषण गरेर अंकका आधारमा उत्कृष्टलाई ऋण लगानी गर्ने मौका मिलेको छ । कर्जा लगानी गर्दा कमसेकम १५% भन्दामाथि तरलताको व्यवस्थापन गरी ऋण लगानी गर्नुपर्छ ।
स्वीकृत भएका कर्जाका फाइल रोकिए, नयाँ कर्जा लगानी गर्न गाह्रो छ भनिन्छ ? के सत्य हो ?
हाम्रोमा यस्तो अवस्था छैन तर बजारमा यस्ता कुराहरु चलेको सत्य हो । हामीले त यस्तो अवस्थामा झन सदस्यहरुको मन जित्ने मौका पाएका छौं । सदस्यहरुलाई आवश्यक परेको बेलामा सहयोग गरी सदस्यहरुको सुख दुखमा साथ दिनु नै सहकारीको वास्तविक मर्म हो । कर्जाको माग केही बढे पनि सदस्यहरुको आवश्यकताको आधारमा कर्जा लगानी गर्न कुनै पनि समस्या छैन । हामीले हाम्रा सदस्यहरुलाई राम्ररी अध्ययन गरेका छौ र सोही अनुरुप सञ्चालन गर्न हामी सक्षम छौं । कर्जा भन्दा बढी तरलता व्यवस्थापनमा ध्यान दिन जरुरी छ । जथाभावी कर्जा लगानी गर्दा यस्ता समस्या आउन सक्छन् ।
तरलताको व्यवस्थापनका लागि कस्तो रणनीति अपनाउन सकिन्छ ?
बजार अवस्थालाई मध्येनजर गरी सोही अनुरुप सञ्चालन गर्ने रणनीति अपनाउनु पर्छ । “ज्ञानाग्नी सर्व कर्माणी भस्मातात् कुरेतेतथा” जब तिमि तमाम ज्ञानले आलोकित हुन्छौ तब आईपर्ने सम्पुर्ण समस्याहरुलाई डढेलोले जंगल डढाएझै समस्या समाधान गर्न सक्छौ । तसर्थ सहकारी ज्ञान सदस्यहरुलाई बुझाउनु नै यस्ता समस्याहरु समाधान गर्नु हो । हाम्रो प्रमुख रणनीति नै सहकारी शिक्षा हो । बचत नै भोलिको सहारा हो भन्ने कुरा बोध गराउनु आजको आवश्यकता हो ।
तरलता संकटसंगै ब्याजदर ह्वात्तै बढेका छ, यसको समाधान ब्याज वृद्धि नै हो त ?
तरलता समस्यासँगै वित्तीय संस्थाहरुले व्याजदर परिवर्तन गर्नु भनेको क्षणिक समाधान मात्र हो । यसले समस्या समाधान गर्दैन । समस्या समाधानका लागि त सदस्यहरुलाई उद्यमी एवं आयआर्जन गर्ने क्षेत्रमा अग्रसर गराउनु पर्दछ । जसले समग्र देशकै उत्पादनमा प्रभाव पार्दछ । फलस्वरुप कुलग्राहस्थ उत्पादनमा वृद्धि गराउदछ । हाम्रो संस्थामा व्याजदर परिवर्तन सन्दर्भ व्याजदर प्रकाशित पछि सञ्चालक समितिको बैठकबाट बजार अनुरुप बनाईएको छ, तरलताको समस्याले होइन । ब्याजदर बजारले निर्धारण गर्ने हो, त्यही अनुरुप बढाउने घटाउन सके सहज रुपमा सञ्चालन गर्न सकिन्छ ।
अहिले बजारमा देखिएको समस्याको समाधान के हो त ?
समस्याबाट माथि उठेर आफ्ना सदस्यहरु र समुदायको समस्या समाधान गर्न प्रत्यक्ष आयआर्जन र उत्पादनका क्षेत्रसँग जोडेर उनीहरुको उत्थानमा जोड दिनुपर्छ । बैक तथा वित्तीय संस्था र सहकारीमा भएको भिन्नता बुझाउन सक्नु पर्छ । संरक्षित पुँजीफिर्ता कोषको बारेमा जानकारी गराउनु पर्छ । सञ्चालक र व्यवस्थापनलाई उनीहरुको मुख्य दायित्वको बारेमा प्रष्ट पार्नुपर्छ । सहकारीले दिगो लक्ष्य प्राप्तिमा जोड दिनुपर्छ । तसर्थ समस्या एवं परिस्थितिसंग कसरी सामना गर्ने, आगामी रणनीति कस्तो बनाउने र संस्थामा सुशासनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा सहकारीले विशेष ध्यान पु¥याउनु पर्छ । त्यसपछि मात्र सहकारीको लक्ष्यको बारेमा छलफल गरि यसको दिर्घकालिन विकास, संरक्षण, उत्थान र संवद्र्धन गर्दै सिङ्गो मुलुकको आर्थिक रुपान्तरणका लागि सम्पुर्ण सहकारी अभियान र नेतृत्वकर्ता एकजुट भएर सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरि एक दरिलो खम्बाको रुपमा अगाडी बढाउनु नै अहिलेको आवश्यकता हो । त्यसको लागि नीति, विधि र प्रविधिको उच्चतम सदुपयोग नै समस्याको समाधानको उपाय हो ।