अनेरास्ववियुको संगठन बिस्तार अभियान ढोरपाटनमा

आदर्श अनलाइन, बागलुङ
अनेरास्ववियु जिल्ला कमिटी बागलुङले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । सोही अभियान अन्तर्गत बिहीबार ढोरपाटन नगरपालिकाको उत्तरगंगा माध्यामिक विद्यालयमा १ सय १ सदस्यीय अनेरास्ववियु उत्तर गङ्गा प्रारम्भिक कमिटी गठन गरिएको छ ।

कमिटीको अध्यक्षमा थम बहादुर विक, उपाध्यक्षमा शोभा विक, टिकाराम घर्ती मगर, सचिवमा जुना अर्याल, कोषाध्यक्षमा अनिल विक र सह–सचिवमा अमिष खत्री रहनु भएको छ ।

कमिटी गठन कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका सचिवालय सदस्य रामराज आचार्यले स्थानीय तह निर्वाचन केन्द्रीत भएर पार्टीलाई मजबुत बनाउँनको लागि जनवर्गीय संगठन लाग्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य मनिष कंडेल, सदस्य चुणामणी सापकोटा, ढोरपाटन नगरपालिका सह–इन्चार्ज बसन्ती मगर लगाएतले नवनिर्वाचित कमिटीलाई बधाई दिनुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी संयोजक रोशन कुँवरको अध्यक्षता र ढोरपाटन नगरपालिका इन्चार्ज शिवराज कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *