प्रदूषित शहर, प्रदूषित मानसिकता

सम्पादकीय
गो शहर र देश स्वच्छ र सफा बन्ने बनाउने सोच्नुपर्छ । हरेक नागरिकले यसरी सोच्न सकेमा मात्र प्रदुषित शहरहरु सफा बन्न सक्छन् । विगतका तुलनामा पछिल्लो केही वर्ष यता सरकार र यसका निकाय मार्फत केही पहल प्रयास भएको छ । यद्यप्,ि यो एकल प्र प्रदुषण अर्थात् फोहोर नेपालका अधिक शहरहरुको साझा समस्या हो । फोहोरकै कारण संघीय, स्थानीय सरकार, जनप्रतिधि कैयन पटक बदनाम भएका छन् । चुस्त व्यवस्थापन र बिसर्जनमा यथोचित निर्णय र नेतृत्व क्षमताको अभावका कारण जनआक्रोशको सामना गर्नुपरेको छ । वर्षौदेखि फोहोरको समस्या भइरहे पनि यसको यथोचित व्यवस्थापनमा किन गम्भीरतापूर्वक ध्यान दिइएको छैन ? किन पटक पटक फोहोरमा पनि राजनीति हुन्छ ? निश्चय पनि नेपालका अधिक शहरका लागि यो महत्वपूर्ण सवाल हो । जसका बारेमा गम्भीर समिक्षा र बहस हुन जरुरी छ । यद्यपि, कतिपय शहरमा पनि फोहोर व्यवस्थापन चुस्त देखिन्छ । फोहोरको पुर्नप्रयोग मार्फत आम्दानी समेत गर्ने र पुनः प्रयोग गर्न नमिल्ने बस्तुको बिसर्जनको राम्रा अभ्यास समेत देखिएको छ ।

पछिल्लो एक अध्ययन अनुसार युरोपेली संस्था आइक्यू एयरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तर सम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौं सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको छ । जसमा काठमाडौंको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा १० गुणा बढी देखिएको छ । पहिलोमा भारतको राजधानी नयाँदिल्ली छ । डब्लुएचओले पिएम–२.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर निर्धारण गरेको छ । तर, काठमाडौंमा यो मात्रा ५०.९ पुगेको पाइएको हो । यस वर्ष नेपालको पिएम–२.५ को स्तर वार्षिक ४६ पुगेकोे छ । यो हिसाबले नेपाल प्रदूषित मुलुकको १० औँ स्थानमा पर्छ । पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ । अव्यवस्थित फोहोरले देशको मुख्य राजधानी काठमाडौं कुरुप मात्र देखिएको छैन, दुर्गन्धयुक्त सडक, चोकमा राखिने फोहोरले मानसिक स्वास्थ्य र वातावरणमा समेत असर पुगिरहेको प्रष्ट छ । तर, सरकार यो विषयमा गम्भीर नदेखिनु अर्को बिडम्बनायुक्त पक्ष हो ।

प्रदुषण शहर, वातावरणमा मात्र छैन, हाम्रो नेपाली मानसिकतामा पनि छ । हामी आफ्नो घर, कोठा सफा राख्न खोज्छौ तर, त्यहाँको फोहोर कसैले नदेख्ने गरी बाटा, चौबाटाहरुमा फाल्न उद्धत हुन्छौ । यसले हाम्रो मन र मानसिकता कति खतरानक छ भन्ने देखाउँछ । त्यसैले नेपाल, शहर बजार सर्वत्र स्वच्छ, सफा, हराभरा भएको देख्न चाहन्छौ भने प्रथमतः मन र मानसिकता सफा बनाउनु पर्छ । आफ्नो केबल घर, कोठा मात्र होइन, टोल, बस्ती, सिंयासले सम्भव हुँदैन । अन्तरनिकाय बिच समन्वय र सहकार्य चाहिन्छ । देशभर नै प्रदूषण बढिरहेकाले प्रदूषण नियन्त्रण कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *