लगानी योग्य तरलता व्यवस्थापनको लागि योजना बनाउनु पर्छ : शाक्य

कोरोना महामारीले गर्दा अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । बचत कम र बचत फिर्ता बढी हुन थालेपछि सहकारी संस्थाहरुले तरलता अभावलाई न्यूनिकरण गर्नका लागि विभिन्न योजनाहरु बनाइरहेका छन् । योजना बनाउदा बनाउदै पनि आफ्ना सदस्यहरुले मागेको समयमा कर्जा लगानी भने गर्न सकिरहेको अवस्था छैन । विद्यमान तरलता अवस्थामा सहकारीहरुले कसरी काम गरिरका छन् ? यस विषयमा बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीका प्रबन्धक सज्जन शाक्यसँग आदर्शकर्मी साधना पन्तले गरेको कुराकानी

बजारमा तरलता अभाव छ, तपाईको संस्थामा यसको प्रभाव कस्तो छ ?
बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या बढेको छ । पछिल्लो समय सहकारीहरुको पनि बचत संकलन घट्न थालेको र भएको बचत पनि बैंकहरुमा जान थालेपछि तरलताको समस्या झन बढी हुन थालेको हो । सहकारीहरु सदस्यमा आधारित संस्थाहरु हुन् । सहकारीहरु सदस्यको घरदैलोमा पुगेर स–साना बचत संकलन गर्ने भएकाले बचतको आधार बलियो मानिन्छ । तरलता अभाव हुन थालेपछि सहकारीहरुले पनि अत्यावश्यक बाहेकलाई ऋण लगानी गर्न रोकेका छन् । तर आज सम्मको अवस्थामा हाम्रो बेनी बचत ऋण सहकारी संस्था लिमिटेडमा सदस्यहरुको विश्वास भरोसा कायम नै रहेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाले लगानी रोकेको अवस्थामा पनि हाम्रो सहकारीले निरन्तर रुपमा लगानी गरि सदस्यहरुको आर्थिक उन्नयनमा टेवा पु¥याउदै आइरहेको छ ।

तरलताका कारण कर्जा लगानी रोकिएको हो ?
दुईवर्ष अगाडी जब कोरोनाको प्रभाव सुरु भयो लगानी गर्ने क्षेत्र निकै कम हुन गए । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या देखिन थाल्यो । दुई वर्ष सम्म कोरोनाले थिलोथिलो पारेको अर्थतन्त्रमा केही आर्थिक क्रियाकलापहरु बृद्धि हुन थाल्दा त्यसले कर्जाको माग बढ्यो । तर, निक्षेपले कर्जाको मागलाई धान्न नसक्दा तरलताको समस्या देखा परेको छ । जसको फल स्वरुप कतिपय साना तथा अन्य वित्तीय संस्था एवंम् सहकारीहरुले निक्षेप फिर्ता गर्न नसकेको अवस्था छ । स्वीकृत भइसकेको ऋण दिनै नसक्ने र नयाँ ऋण आवेदन पनि लिन नसकेको अवस्था छ । जुन वित्तीय संस्था तथा सहकारी क्षेत्रको लागि दुखद कुरा हो । सहकारीहरुले सदस्यहरुको सामाजिक, आर्थिक उत्तरदायित्व बहन गर्दै सदस्यहरुको आर्थिक सम्बृद्धिका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने भएकाले सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

तरलता संकट व्यवस्थापन गर्न कस्ता योजना बनाउनु भएको छ ?
सहकारीमा तरलताको समस्या देखिन थालेपछि १५ प्रतिशत तरलता राख्दै निक्षेप फिर्ता गर्ने आधार सुनिश्चित राख्न रणनीति बनाइ लागु गरिएको छ । यसैगरी सदस्यसँग निरन्तर भेटघाट, छलफल तथा घरदैलो कार्यक्रम संचालन गर्दै आइरहेका छौ । भाखा नाघेका ऋणको असुलीलाई प्राथामिकतामा राखी विभिन्न स्किम तथा छुटको व्यवस्था गरिएको छ । यसैगरी सदस्यहरुलाई अति जरुरी बाहेकका खर्चहरु नगर्न सुझाव प्रदान गर्दै आइरहेका छौ । सहकारीमा नियमित बचत, बाल बचत, नारी बचत, जेष्ठ नागरिक बचत, श्रमिक बचत, रेमिट्यान्स बचतमा सदस्यहरुलाई आकर्षित गर्न विभिन्न स्किमहरु तयार गरेका छौ । संस्थामा आउन सक्ने समस्यालाई तत्काल समाधान र निष्कर्ष निकाल्नका लागि उपसमिति निर्माण गरी तत्काल समस्या समाधान गर्दै आइरहेका छौ ।

तरलता संटकका कारण सहकारीको ब्याजदर बढेको हो ?
बैंक हँुदै तरलता अभावको समस्या सहकारी संस्थामा पनि पर्न थालेपछि बैंकहरुले सहकारीमा भन्दा बढी व्याजदर प्रवाह गरी सहकारीबाट बचत बैंकहरुमा जान थालेको छ । सहकारीमा पनि तरलताको समस्या देखिन थालेपछि सहकारी संघ संस्थाहरुले केन्द्रिय छाता संगठन राष्ट्रिय सहकारी बैंक, सहकारी महासंघको अथाह प्रयास पछि सहकारी विभागबाट फागुन १५ गते देखि लागु हुने सन्दर्भ ब्याजदर १६ प्रतिशत कामय भएका छ । जस अनुरुप हामीहरुले पनि व्याजदर समायोजन गरेका छौ । समय र बजारको अवस्था बमोजिम व्याजदर समायोजन हुन जरुरी छ ।

वित्तीय लगायत सहकारीका समस्या समाधान गर्न के गर्न सकिन्छ ?
वित्तीय क्षेत्रमा तरलताको समस्या आएको लामो समय भयो । लगानी योग्य तरलताको समस्या अझै समाधान हुन सकेको छैन् । निक्षेप फिर्ता गर्ने आधार सुनिश्चित गर्न १५ प्रतिशत तरलत ाव्यवस्थापन गर्नुपर्छ । स्रोतको विविधिकरण गर्नुपर्छ । तरलताको आधारमा लगानी गर्नु पर्दछ । समय सापेक्ष ब्याजदर समायोजन गर्दै जानु पर्दछ । सम्पत्तीलाई तुरुन्त नगदमा परिर्वतन गर्न सक्ने क्षमता राख्नु पर्दछ । सम्वीन्धत निकायले दिर्घकालिन रुपमा समस्या समाधान गर्नका लागि विभिन्न योजनाहरु बनाउनु पर्दछ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन नियमावलीको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *