एमालेको कान्छो संगठन संगठन विस्तार अभियानमा

आदर्श अनलाइन, बागलुङ
नेकपा (एमाले)को कान्छो जनसंगठन रिटनी फेडेरेसन नेपालले संगठन विस्तार अभियानलाई जिल्लाव्यापी बनाउँने तयारी थालेको छ । विदेशबाट फर्किएका युवाहरुलाई संगठित गर्ने अभियानअन्र्तगत एमालेले रिटनी फेडेरेसन नेपाल गठन गरेको थियो ।

फेडेरेसनका केन्द्रीय अध्यक्ष चन्द्र रोकालगायतको टोलीले नेकपा (एमाले) बागलुङको टोलीसँग छलफल गरी संगठन विस्तार अभियानका बारेमा जानकारी गराएको थियो । छलफलमा अध्यक्ष रोकाले बैदेशिक रोजगारीका क्रममा एमालेका विभिन्न प्रवास संगठनहरुमा आवद्ध भई पार्टीकालागि योगदान गरी स्वेदश फर्कीएकाहरुलाई रोजनीतिक योगदानको निरन्तरताका निम्ती गोलबद्ध गर्ने अभियानमा संगठन लागेको बताउनुभयो ।

नेकपा (एमाले) बागलुङका अध्यक्ष हिराबहादुर केसीले पार्टी जनसंगठनको संगठन विस्तारलगायतका गतिविधिलाई सक्रिय बनाउँनका लागि पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ‘एमालेका जनसंगठन एमाले निर्माणको मुख्य आधार हुन, यी संगठनको निर्माण, परिचालन, प्रशिक्षण लगायतका गतिविधिमा पार्टीको पूर्ण साथ र सहयोग रहन्छ ।’ केसीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *