एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी छैन : घर्ती

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल घर्ती मगरले नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी नेपालमा नभएको दाबी गर्नुभएको छ । नेकपा (एमाले)लाई एक्लै हराउँन नसक्ने निश्चित भएपछि विपक्षी पार्टीहरु केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गरेर जाने तयारी गरेको घर्तीले बताउनुभयो ।

सत्ताधारी दलहरु माथिदेखि तलसम्म गठबन्धन गरेर एमालेलाई हराउँने भन्दै चिच्चाइरहेको बताउँदै नेता घर्ती मगरले जनताको मनमा बसेको एमालेले जनताको मत प्राप्त गर्ने दावी गर्नुभयो ।

‘अहिले नेताहरुले ठाउँ विशेष गठबन्धन गर्ने भन्दै चिच्चाइरहेका छन्, गठबन्धन उनीहरुले जाहेर बन्दैन् ।’ घर्तीले भन्नुभयो । आदीवासी जनजातीको पक्षमा लाग्ने पार्टी नेकपा एमाले मात्र भएको उल्लेख गर्दै नेता घर्तीले नेतालाई ह्वीप लाग्ने भएपनि जनतालाई ह्वीप नलाग्न भएकाले अन्य पार्टी गठबन्धन भएपनि जनताले एमालेलाई नै भोट हाल्ने दावी गर्नुभयो ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, संविधानसभा सदस्य नरबहादुर थापा, प्रदेश कमिटि सदस्यहरु कृष्ण पाठक, लिला राना, मेयरसिँह पाइजा, जिल्ला उपसचिव डम्मर श्रीसलगायतले बोल्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *