छिस्तीमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको अगुवा कार्यकर्ता भेला शनिबार छिस्तिमा सम्पन्न भएको छ । नेकपा एमाले अगुवा कार्यकर्ता भेला जैमिनी नगरपालिका–८ छिस्तीमा फर्केसल्लामा सम्पन्न भएको हो । अगुवा कार्यकर्ता भेलामा जनताको प्रश्न सिधा जनप्रतिनिधि संग राखिएको थियो ।

छिस्तिका जनताले विकासमा अझै पनि पछि परेको बताउदै केही सकरात्मक काम भएपनि अझै साना तिना कामहरु नभएको गुनासो गरेका थिए । कार्यक्रममा जनताको प्रश्नलाई प्रमुख अतिथि बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठकले सम्बोधन गर्नुभयो ।

उहाँले कुस्मिशेरा सडक कालोपत्रे, छितिको महिला भवन, राम्चेमारेको सिचाई कुलो र केही नयाँ ट्रयाक खुल्ला गरेको बताउनुभयो । उहाँले संघीय सरकारले ठूला योजना सम्बोधन गरेको भन्दै साना योजना नगरपालिकाबाट हुँने जानकारी दिदै विकास निर्माणमा आफू जनता संग संगै रहेको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगर कमिटीका अध्यक्ष बद्री ढुङ्गाना, नेकपा एमाले जिल्ला कमिटिका निर्वतमान सदस्य विदुर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम छिस्ति वडा कमिटिका उपाध्यक्ष तोयानाथ शर्माको स्वागत, वडा कमिटि अध्यक्ष कुल बहादुर पुनको अध्यक्षता र जिल्ला कमिटि सदस्य भोजराज शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *