आदर्श अनलाइन, बागलुङ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलव्धी रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ । उहाँले उपलव्धी गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको बैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्र सहितको गणतन्त्र लगायतको उपलव्धीहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरुले रजाई गरेको बताउनुभयो । “माओवादीको योगदानमा देशमा समानुपातिक प्रसतनिधित्व लगायत थुप्रै उपलव्धी भए, उपलव्धीहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो” मन्त्री पौडेलले भन्नुभयो “माओवादीकै उपलव्धीमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कुँ गर्न मिल्दैन दुई–दुई पटक संविधान मिचेर संसद अन्तय गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउदैन ।”
उहाँले नेपालको पृष्टभूमिको सबैभन्दा ठूलो आन्दोलन जनयुद्ध भएको भन्दे यो कुनै पार्टी केन्द्रीत नभएर जनता केन्द्ति भएको बताउदै के पाइयो भन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले बहुमतको सरकारलाई परामदेशको सरकार भन्नु कुर्तक रहेको बताउदै हिजोका उपलव्धीको रक्षाका लागि गठबन्धन भएको बताउनुभयो ।