काठेखोलाका शिक्षकहरुका लागि सूचना, संचार र प्रविधि तालिम

रोहन जि.सी, बागलुङ
काठेखोला गाँउपालिकामा सूचना, सञ्चार र प्रविधि तालिम शनिबार सम्पन्न भएको छ ।
हेम्पेल फाण्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय संस्था विवाईसी बागलुङको व्यवस्थापनमा संचालित सिकाइ परियोजना अन्तर्गत शिक्षकहरुका लागि आयोजना गरिएको तीन दिने शिक्षण सिकाइमा सूचना, संचार र प्रविधिको प्रयोग सम्बन्धि तालिम शनिबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज शर्माले प्रशिक्षण कार्यक्रमबाट प्राप्त गरेका सिप, ज्ञानलाई आगामी दिनमा सदुपयोग गर्न आव्हान गर्नु भएको थियो । शर्माले नयाँ नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको र त्यस बारेमा सबै विद्यालयमा शिक्षक र विद्यार्थीले सिक्नु पर्ने, शिक्षण सिकाइमा सूचना, संचार र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आईसिटी विज्ञ पदमराज पन्त, विवाईसी बागलुङका सदस्य शान्ति ज्ञवाली, काठेखोला गाँउपालिकाका श्रोत व्यक्ति रामानन्द कंडेल, भिएसओ नेपालका परियोजना संयोजक शक बहादुर बुढाथोकी, सहभागिहरुको तर्फबाट शिक्षक घनश्याम कंडेल, शिक्षक शान्ति भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा काठेखोला गाँउपालिकाअन्तर्गत विभिन्न विद्यालयका २७ जना शिक्षकहरुको सहभागीता रहेको बिवाईसी बागलुङका परियोजना संयोजकपोष्ट के.सीले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा आईसिटी विज्ञ पदमराज पन्तले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता र अनुगमन तथा मुल्याङ्कन अधिकृत बिमल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *