सहकारी संस्थालाई स्वस्थ राख्न पर्ल्स विश्लेषण आवश्यक, : जि.सी.

साधना पन्त, पोखरा
राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारी संस्थाको अवस्था बुझन र थप प्रभावकारी रुपमा सञ्चालनका लागि पर्ल्स विश्लेषण अति आवश्यक रहेको बताउनु भएको छ । कास्की बचत तथा ऋण सहकारी संघले राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा संचालन गरेको दुई दिने पल्र्स तालिम समापन कार्यक्रममा बोल्दै जिसीले यस्तो बताउनु भएको हो । सहकारी संस्थाको स्वास्थ्य मापन गर्ने विधिका रुपमा पर्ल्स रहेकोले वित्तीय कारोबार गर्ने सबै सहकारीले यो विधिलाई कार्यान्वयन गर्नु पर्नेमा उहाँको जोड थियो ।

No description available.

प्रशिक्षक केबी लामाले तालिम प्रमाणपत्र लिएर बायोडाटा बढाउनका लागि नभई क्षमता विकास गरेर कार्यान्वयनका लागि भएकोले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । सहकारीका कर्मचारीले राम्रोसंग बुझेर काम गर्ने हो भने कुनैपनि सहकारीहरु घाटामा जाने र बन्द गर्नुपर्ने अवस्था नआउने लामाले बताउनु भयो ।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सहकारीहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि तालिम सहयोगी हुने धारणा राख्नुभयो । उहाँले संघले नियमित रुपमा तालिम लगायत प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएकोले सबै सहकारीहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।

No description available.

तालिममा कास्कीका ४२ वटा सहकारी संस्थाका सञ्चालक तथा कर्मचारी सहभागी भएको संस्थाका कोषाध्यक्ष शेर बहादुर कार्कीले जानकारी दिनुभयो । समापन कार्यक्रममा संघका अध्यक्ष भेषराज बरालको अध्यक्षता र कोषध्यक्ष तथा शिक्षा उपसमितिका संयोजक शेर बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *