मध्यपहाडी लोकमार्ग : समस्याग्रस्त बोक्सेमा ढलान


खेमराज गौतम, बागलुङ
एक दर्को पानी पर्दा साथ बागलुङ नगरपालिका–३ स्थित बोक्से खाल्टोमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अबरुद्ध हुन्छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सबै भन्दा समस्याग्रस्त क्षेत्र बोक्से क्षेत्र कमजोर भौगोलिक बनावट र पानीको मुलका कारण वर्खामा मात्रै हैन हिउँदमा सुख्खा पहिरो खस्छ ।

बर्खा लाग्यो भनेत लोकमार्ग आयोजनाले पहिरो पन्छाउन आवश्यक उपकरणहरु बोक्सेमै राख्नु पर्ने अवस्था छ । लोकमार्गको टाउको दुखाई बन्दै आएको बोक्सेमा अहिले भने धमाधम सडक ढलान भइरहेको छ । सडक ढलानपछि लोकमार्गको समस्या केही हद सम्म हटेर जाने लोकमार्ग आयोजना कार्यालयको भनाई छ ।

अहिले बोक्से खाल्टोमा धमाधम लोकमार्गको ढलान कार्य भइरहेको छ । लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा फागुनबाट कामले तिब्रता पाएको छ । अहिले भइरहेको कामले लोकमार्ग कालोपत्रे हुँने आश पलाएको छ । अहिले जिल्ला सदरमुकामबाट अछेते तर्फ खहरे खोला सम्म ग्राभेलको काम धमाधम गरेको छ भने लोकमार्गको सबैभन्दा बढी समस्या ग्रस्त क्षेत्र बोक्से खाल्टोमा ढलान गरिरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

लोकमार्ग आयोजना कार्यालयको निरन्तरको ताकेता पछि अहिले लोकमार्गले गति दिलएको र बागलुङ बजार देखि अछेत सम्म कालोपत्रेका लागि धमाधम भौतिक पूर्वाधार ग्राभेलको काम भइरहेको छ भने बोक्से क्षेत्रको ३०० मिटर सडक ढलान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

“सडक कालोपत्रेको लागि निरन्तर ताकेता गरेपछि अहिले बागलुङ बजार देखि अछेते सम्मको सडकले गति लिएको छ, बजार देखि बोक्से सम्मको सडक त कालोपत्रेका लागि तयारी भइसकेको छ” भण्डारीले भन्नुभयो “निरन्तर रुपमा पहिरो खसेर सडक अबरुद्ध हुाने स्थान बोक्सेमा कालोपत्रे नगरेर ढालन गरिएको छ, पहिरो खसेपछि कालोपत्रे विग्रिन्छ, जमिन मुनीबाट समेत मुल फुट्छ, ढालन गरेपछि पहिरो पन्छाउदासाथ सवारी रोकिदैन ।” सबै भन्दा बढी समस्या ग्रस्त क्षेत्रमा ढलान गरेपछि पहिरोका कारण सवारी फस्ने समस्या हटेर जाने आयोजनाको विश्वास रहेको छ । सदरमुकामदेखि अछेते बजार सम्म तत्कालै कालोपत्रे गरेपछि त्यसमाथिको सडड ग्राभेल गरिने छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको जिल्ला सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको ६ वर्ष लाग्दा समेत कालोपत्रे हुँन सकेको छैन ।

लामो समयदेखि केही काम हुँदै केही रोकिदै गरेको सडक अहिले भने कालोपत्रे हुँने छाटकाट देखेको बागलुङ नगरपालिका–३ खहरेका स्थानीय जंग बहादुर कार्कीले विश्वास व्यक्त गर्नुभयो ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर बाहेक अन्य सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

यस्तै मध्यपहाडी लोकमार्गको कालोपत्रे भइसकेको घोडाँबाधे–गलकोट खण्ड कालोपत्रे गरिएको चार वर्ष नवित्दै क्षतविक्षत भइरहेको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्गको घोडाबाँधे देखि गलकोट सम्मको सडकमा खाल्टाखुल्टी परेको छ भने कालोपत्रे उप्किएर ग्राभेल निस्किएको छ । उत्तः सडक मर्मतका लागि बजेटको विषयमा छलफल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *