दुदिलाभाटीका किसानलाई सुन्तला खेती तालिम


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–१ दुदिलाभाटीका किसानलाई ६ दिने सुन्तला खेती सम्बन्धी तालिम प्रदान गरिएको छ ।

७ गते देखि १२ गते सम्म सम्म सञ्चालित तालिमको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश पोखराको आयेजनामा व्यवसायीक सुन्तला खेती र किबी खेती सम्बन्धी तालिम सम्पन्न गरिएको हो ।

तालिम अवधीभर कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश पोखरा प्रशिक्षक विनोद शर्मा, सोही कार्यालयका प्रशिक्षक सुवास गौतम तथा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

दुदिलाभाटी स्थित हलहले कृषक समूहका २० जना किसानहरु तालिममा सहभागी भएका थिए । समापन कार्यक्रममा समाजसेवी ललिता थापा, हलहले कृषि समूहका हिरा काउँचाले शुभकामना मन्तव्य व्यक्त गर्नूभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *