चुनावमा एमाले एक्लै हिड्छ : बस्नेत

आदर्श अनलाइन, पर्वत
नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले आउँदै गरेको स्थानीय चुनावमा एमाले एक्लै मैदानमा उत्रिने बताउनु भएको छ । राष्ट्रिय युवा संघ जलजला गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले एमालेलाई बैसाखीको आवश्यक नभएको भन्दै खुट्टा दरो टेक्न नसक्नेलाई बैसाखी चाहिने बताउनुभयो ।

उहाँले एमाले सरकारमा आएपछि देशमा विकास नै विकास हुने भन्दै आउँदो चुनावमा पनि जनमत लिएर एमाले सरकारमा आउने बताउनुभयो । एमालेले देशमा शुसासन स्थापना गर्ने भन्दै काँग्रेस सत्तामा आए कुसासनको स्थापना हुने बस्नेतले बताउनु भयो । बस्नेतले आउँदो स्थानीय चुनावमा युवाहरुको महत्वपूर्ण भुमिका हुने भन्दै स्थानीय तहमा धेरै भन्दा धेरै एमालेका युवाहरु नेतृत्वमा हुने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा संघीय साम्सद पदम गिरीले मुलुकको समृद्धिका लागि नेकपा एमालेको विजय अपरिहार्य रहेको बताउनुभयो । आउदो चुनावमा एमालेलाई अग्रस्थानमा ल्याउनका लागि युवाहरुको महत्वपूर्ण भूमिका भएको भन्दै चुनावी अभियानमा लाग्न गिरीले अनुरोध गर्नुभयो ।

अधिवेशनले दिलिप बरुवालको अध्यक्षतामा ५१ सदस्य चयन गरेको छ । उपाध्यक्ष कृष्ण पौडेल, सचिव बिक्रम सुवेदी, सह सचिव मिजास फगामी, सह सचिव कृष्ण पौडेल, कोषाध्यक्ष डिबी जिसी चयन भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *