निशानको उपचारमा सहयोगको अपिल

आदर्श अनलाइन, बागलुङ
जिल्लाको बागलुङ नगरपालिका–१ का २१ बर्षिय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएको छ । बागलुङ बजारमा फुटवल खेल्ने क्रममा घाइते भएका निशान बोहोराको घुट्टामा गम्भिर समस्या देखिएर अहिले पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ ।

दूई चरणको शल्यक्रिर्या सम्पन्न भइसकेको बोहोराको तेस्रो चरणको शल्यक्रिर्या गर्न अर्थअभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाको हलमा आयोजित पत्रकार सम्मेलनमा निशान बोहोराकी आमा पूर्ण बोहोराले छोराको उपचारमा अहिले सम्म आफन्तको सहयोगमा गरेपनि ते्रसो चरणको शल्यक्रिर्याको लागि आर्थिक अभाव भएको बताउनुभयो । पत्रकार सम्मेलन मार्फत उहाँले देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदि बहिनीहरुलाई सहयोगको अपिल गर्नुभएको छ ।

“पारिवारिक समस्याका कारण शुरुमा उपचारको कुनै चाँजो पाँचो भएन, बाबुले समेत भनेन्, पछि खुट्टामा घाउ भएपछि संक्रमण फैलियो” निशानको आमा पूर्णा बोहोराले भन्नुभयो “धेरै समस्या आएपछि बागलुङको धौलागिरी अस्पतालमा उपचार गरियो, त्यसपछि अस्पतालले पोखरा पठायो एक महिना भयो चोट लागेको अहिले सम्म दुई वटा शल्यक्रिर्या भएको छ ।”

बोहोराको फागुन १३ गते खुट्टामा चोट लागेको थियो । परिवारले समेत उपचारमा सहयोग गरेपछि निशानकी आमा पूर्णा बोहोराले केही स्थानीयहरुको सहयोगमा ‘निशान बोहोरा सहयोग अभियान’ सञ्चालन गरिएको र हाल सम्म रु. ६० हजार सहयोग संकलन भइसकेको छ ।

निशानको उपचारमा अझै तीन लाख खर्च लाग्ने परिवारको भनाई छ । अहिले निशानकी आमा पोखरामा उपचाररत छोरा छोडेर सहयोग संकलन अभियानमा जुट्नु भएको छ । उहाँले छोराका उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । निशान बोहोराको उपचारमा सहयोग गर्नका लागि निशान बोहोराकी आमा पूर्णा बोहोराको मोवाईल ९८०६१६४४१६ मा सम्पर्क गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *