अनेरास्ववियु क्रान्तिकारीको संगठन विस्तार तथा सुदृढिकरण

आदर्श अनलाइन, गलकोट
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा संगठन विस्तार तथा सुदृढिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देश, गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जी, नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष ललित मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा मदन परियारको अध्यक्षतामा ३१ सदस्यीय अनेरास्ववियु क्रान्तिकारीको नयाँकार्य समिती चयन गरिएको छ समितीको उपाध्यक्षमा विपना दर्जी र कुल बहादुर विश्वकर्मा, सचिवमा निशान विश्वकर्मा, सहसचिवमा प्रतिक्षा परियार र कोषाध्यक्षमा प्रविण दर्जी रहनुभएको छ ।

जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्ममा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र गलकोट नगर समिती सदस्य छुम बहादुर थापा, वाई सि एल गलकोट नगर कमिटी सहसंयोजक रुद्र केसी, गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, पदमा नेपाली, नेकपा माओवादी केन्द्र वडा कमिटी सचिव बाबुराम थापाको विशेष आतिथ्यता रहेको थियो ।

संगठन विस्तार तथा सुदृढिकरण कार्यक्रम अनेरास्ववियु क्रान्तिकारी गलकोट नगर उपाध्यक्ष रमेश सुनारको प्रमुख आतिथ्यता, विद्यार्थी निशान विश्वकर्माको अध्यक्षता र मदन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *